मधेसमा मेरो लभ परेको छ : प्रचण्ड
सम्पत्ति साटासाट गर्न बाबुरामको आग्रह
सम्पत्ति साटासाट गर्न बाबुरामको आग्रह
एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले मधेसी जनतासँग आफ्नो लभ परेको बताउनुभएको छ । ‘मधेस आउँदा जाँदा तपाईहरुसँग मेरो गहिलो लभ परेको छ । त्यही भएर मैले मधेसबाट चुनाव लड्ने घोषणा गरेको हुँ’ सर्लाहीको हरिवनमा शनिबार आयोजित आमसभामा प्रचण्डले भन्नुभयो-’अब तपाईहरुले लभ गर्नुहुन्छ गर्नुहुन्न, अबको चुनावमा हेर्छु ।’
अन्तरिम संविधान निर्माणका क्रममा एमाओवादीको केही कमजोरी भएको र त्यसलाई केही दलाल पार्टीहरुले माओवादी संघीयता विरोध भनेर क्यास गरेको भन्दै उहाँले अबको चुनावमा त्यसको ब्याजसहित असुल गर्ने बताउनुभयो । ‘हामी मधेसी, जलित जनजाति, माओवादी मोर्चाबन्दी गरेर चुनाव लड्छौं’ उहाँले भन्नुभयो-’अबको चुनावमा दुईतिहाई ल्याउँछौं र अघिल्लो पटकको व्याजसहित असुल गछौं ।’
प्रचण्डले आफू मधेसबाट चुनाव लड्नु भनेको मधेसका मुद्दालाई कहिल्यै नछोड्ने बताउनुभयो । विगतका राजा र शासकले राष्ट्रघात गरेको भन्दै उहाँले भारत र चीनबाट सहयोग लिएर देशको विकास गर्नु नै राष्ट्रवाद भएको बताउनुभयो । अधिकांश समय मधेसी जनताको प्रशंसामा खर्चिएका प्रचण्डले आफूले जनयुद्ध थाल्नु अघि बम बनाउन पनि मधेसबाट सिकेको बताउनुभयो ।
सम्पत्ति साटासाट गर्न बाबुरामको आग्रह
एमाओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईले मधेसमा माओवादीको पक्षमा देखिएको जनलहर टेलर मात्र भएको बताउनुभयो । उहाँले भन्नुभयो-मधेसमा एमाओवादीको पक्षमा देखिएको उभार त टेलर मात्र हो । यो बढ्दो छ । बास्तविक फिल्म त कात्तिक/मंसिरमा हुने चुनावमा देखिन्छ ।’ कांग्रेस-एमालेले माओवादीले सम्पत्ति कमाएको भनेर गलत प्रचार गरेको भन्दै उहाँले भन्नुभयो -यदि साँचै त्यसो हो भने तिमीहरुको घर हामीलाई देऊ, माओवादी नेताहहरुको घर लैजाऊ । सक्छौ ?’ कांग्रेस र एमालेले आफ्नो अस्तीत्व जोगाउन नसकेपछि गठवन्धन गर्न खोजेको भन्दै उहाँले उनीहरुले ०४७ सालको भन्दा राम्रो संविधान बनाउन नसब्ने बताउनुभयो ।
मधेसवादी दलहरुसँग संघीयतामा कुरा मिले पनि पहिचान र अधिकार दिन किन डराएको भनी प्रश्न गर्नुभयो । अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले कथित पहाडिया अहंकारवादी शासकहरुले राष्ट्रघात गरेको तर मधेसी जनताले कहिलै राष्ट्रघात नगरेको बताउनुभयो । मधेसमा दलालहरु रहेको भन्दै उहाँले अबको चुनावमा उनीहरुलाई मत नदिने अपील गर्नुभयो । कार्यक्रममा एमाले छाडेर एमाओवादी प्रवेश गरेका रामचन्द्र झा, लक्की शेर्पा लगायतले सम्बोधन गर्नुभएको थियो ।
एमाले पाँच बाहुनको पार्टीः ढुंगाना
कार्यक्रममा एमालेका सचिव समेत रहेका केशव ढुंगानासहितका नेता कार्यकर्ता प्रचण्डसहितका नेताको हातबाट टीका लगाएर एमाओवादी प्रवेश गरेका छन् । नवप्रवेशी ढुंगानाले एमाले आफूलाई स्थान नभएको र एमाले झलनाथ खनाल, माधवकुमार नेपाल, केपी शर्मा ओली, ईश्वर पोखरेल र बामदेव गौतम पाँच बाहुनको पार्टी भएको बताउनुभयो ।