धामी झाँक्रीको पूजा कोठामै एक बालकको मृत्यु, ५ जना धामी पक्राउ
रविन कार्की
१० जेठ, महोत्तरी । महोत्तरीको हात्तिलेटमा धामी झाँक्रीको विश्वासमा पर्दा आज एक बालकको ज्यान गएको छ । बालकलाई झारफुक गरेर ठिक पार्छौं भन्दै उपचारको लागि डाक्टरकोमा लैजान समेत नदिने पाँच जना महिला धामीलाई प्रहरीले पक्राउ गरेको छ ।
महोत्तरीको रामनगर ९ का बमबहादुर मस्राङ्गी मगरका १२ बर्षिय छोरा मदन मस्राङ्गीको आज विहान धामीको पूजा कोठामै ज्यान गएको हो । बालक स्थानिय राष्टिय प्राविमा कक्षा ५ मा पढ्दै आएका थिए ।
गएको फागुनदेखि नै टाउको दुख्ने, बान्ता गर्ने जस्ता समस्याले पीडित बालकलाई विगत डेढ महिनादेखि धामीले कोठामै राखेर झारफूक गर्दै आएका मृतककी आमा हुरिमायाँ मस्राङ्गीले बताए ।
उपचारको लागि बालकलाई काठमाडौं, जनकपुर लगेपनि ठिक नभएपछि धामीकोमा लगेको हुरिमायाँको भनाई छ । आफूलाई पशुपतिबाबा बताउने मुख्य धामी पूजा लामाले आफ्नै घरको माथिल्लो तलामा स्थापना गरेको पूजा कोठामै बालकको ज्यान गएपछि घटना सार्वजनिक भएको हो ।
इलाका प्रहरी कार्यालय बर्दिवासले पूजासँगै उनका सहयोगी धमिनीहरु स्थानिय अन्जु श्रेष्ठ, कल्पना लामा, उषा किङरिङ र बिशु भूजेललाई पक्राउ गरेको छ । अन्जु श्रेष्ठ एसएलसी दिएर बसेकी विद्यार्थी हुन् । झारफूक गर्दा बालकको गालामा तातो चिजले डामेको चोट छ । पूजा कोठामै बालकको ज्यान गएपछि धमिनी महिलाहरुले बालकका आफन्तहरुलाई शव घर लगेर दाह संस्कार गर्न भनेपछि गाउँलेहरुले प्रहरीलाई खवर गरेका थिए ।
बालकको शव अन्त्यष्टि गर्न टायरगाढामा चडाएर आफन्तहरुले घाट तर्फ लैजान ठिक्क पारेको बेला बर्दिवासबाट प्रहरी निरिक्षक भिष्म हुमागाईको नेतृत्वमा गएको प्रहरी टोलीले रोकेको थियो । बालकको शव प्रहरीले पोष्ट मार्टमको लागि जिल्ला अस्पताल जलेश्वर पठाएको छ ।
डेढ महिना सम्म धामी झाँक्रीको बाटो हेर्दा पनि बालकलाई ठिक नभएपछि गएको बुधबार उपचार गर्न काठमाडौं लैजान खोज्दा मुख्य धामी पूजाले बालकलाई आफूले नै ठिक पार्ने दावी गर्दै डाक्टरकोमा लगे मर्ने भनेर लैजान नदिएकी बालककी आमा हुरिमायाले बताए ।
धामीले बालकलाई उपचार गर्न लैजान नदिएपछि काठमाडौं जान पाँच जनाको लागि काटेको टिकट पनि रद्ध गर्नु परेको मृतक बालकका भिनाजु केदार सुसलिंगले बताए ।
डेढ महिनाको बीचमा बालकलाई पहिलो पटक तीन दिन र दोश्रो पटक ८ दिनसम्म केही खान नदिई धामीहरुले पूजा कोठामै उपबासमा राखेका र एक पटक कमलामा नुहाउन भनेर लगेका मृतक बालककी आमा हुरिमायाँको भनाई छ । बालकको ज्यान गएपछि सयौंको संख्यामा भेला भएका स्थानियवासीले धामीहरुमाथि कडा कार्वाही गर्न माग गरेका थिए ।