नहारेका ‘राजावादी’ भन्छन्- म त कवाडी भैहालें
खोटाङबाट विस्थापित एक पूर्वशिक्षकको पीडा

१० जेठ, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्रले हार स्वीकार गर्दै नारायणहिटी छाडेको पाँचवर्ष पुगेको छ । तर, काठमाडौंको दुर्गिधित धोबीखोलाको छेउमा गाई पालेर बसेका राजावादी अम्बरबहादुर निरौलाले भने अझै हार स्वीकार गरेका छैनन् । उनले आफ्नो छाप्रोमा ज्ञानेन्द्र, कोमल र पारसको तस्वीर सजाएर राखिरहेकै छन् । ‘यो देश राजाले नै बनाएको हो, उनलेमात्र बचाउन सक्छन् ।’ राजावादी भएकै कारण ९ वर्षअघि खोटाङबाट खेदिएका पूर्वशिक्षक निरौलाले डराउँदै-डराउँदै अनलाइनखबरसँग सोधे- ‘लोकतन्त्रमा यति कुरा त भन्न पाइन्छ होला नि, हैन ?’
शिक्षकदेखि शरणार्थीसम्म
खोटाङको सप्तेश्वर- ५ थर्पुडाँडामा अहिले एउटा माध्यमिक विद्यालय छ । ‘त्यो स्कुल बनाउँदा मैले धेरै दुख गरेको थिएँ ।’ निरौला आफ्नो इतिहास सम्झँदै भन्छन्- ‘०३७ सालदेखि ०५८ सालसम्म २१ वर्षसम्म पढाएँ । तर, आफैंले खोलेको स्कूल र थातवास छाडेर भाग्नुपर्यो । ०६० साल असार ११ गते म ज्यान जोगाएर घरबाट भागेको हुँ । म विद्यालयको हेडमास्टर थिएँ, माओवादीहरु किरातको राज्यमा नाकचुच्चे क्षेत्री-बाहुनलाई गरीखान दिने पक्षमा थिएनन् ।’ विशेष गरी किरात समुदायको बाक्लो बस्ती रहेको सो गाउँबाट आफू ‘नाक’कै कारणले विस्थापित हुनुपरेको निरौलाको गुनासो छ । उनी आफ्नो विस्थापनको कथा यसरी सुनाउँछन् :
२०६० साल असार ११ गते बिहान खेतमा पानी लाएर घरमा पुग्नासाथ किराती कार्यकर्ताहरु धरमा आए । तपाईसित काम छ, बाक्सिला हिँड्नोस् भने । आफूले केही बिराएको छैन, किन डराउने भन्ने सोचेर जान तयार पनि भएको थिएँ, तर तिनीहरुले विभिन्न कुरा गर्न थालेपछि मलाई मार्न लागेका रहेछन् भन्ने लाग्यो । त्यसपछि टोपी लगाएर आउँछु भन्दै घरभित्र पसें र जस्केलातिरबाट मकैबारीतिर भागें । घरमा दुईवटी छोरी रगतमासी परेर थलिएका थिए । श्रीमतीलाई लोग्ने कहाँ लुकाइस् भन्दै पेस्तोल देखाएछन् । म दिनभरि जंगलमा लुकें र रातभरि पानीमा भिज्दै हिँडें ।
असारको बेला थियो, रातभरि आरीले घोप्ट्याएजस्तो पार्टी पर्यो । जिउभरि जुकाले खाएर रगतै रगत बनेको थियो । भोलिपल्ट चिनेको मान्छेको घरमा चिउरा र पानी खाएर दिउँसो दिक्तेल पुगें । सदरमुकाममा दुईदिनपछि शिक्षा कार्यालयमा राजीनामा लेखेर दिएँ र घरबाट सबै जहान परिवार बोलाएर काठमाडौं हानिएँ । ज्यानभन्दा ठूलो केही हैन भन्दै पाक्न लागेका मकै, पुख्र्यौली सम्पत्ति जम्मै छाडेर हिँडियो । पोहोर गाउँ डुल्न जाँदा घर पनि भत्किन लागेको रहेछ, बारी बाँझै छ । स्कुल, गाउँ, सबै बिरानो र मचाँहि परदेशी भएजस्तो लाग्यो । मलाई त त्यही गाउँमा गएर बस्न मन छ । तर, छाडेर हिँडिसकेपछि त्यहाँको घर व्यवहार सबै बिगि्रयो । सृष्टि भंग भयो । छोराछोरीलाई यतै शहरमा बस्ने बानी पर्यो । मलाई गाउँमै जान मन भए पनि उनीहरु मान्दैनन् ।
मैले जसलाई शिक्षक बनाएको थिएँ, पछि उनैले हटाए । तर, अहिले सप्तेश्वर स्कुलमा मधेसी मूलका हेडमास्टर छन् । मलाई राजावादी र ज्ञानेन्द्रको नोकर भन्दै गाउँबाट लखेटे । मुख्य कारणचाँहि नाककै कारणले यसो गरिएको हो । एकजना शिक्षक पक्राउ परेको दोष ममाथि लगाइएको थियो । तर मैले त्यस्तो गरेको थिइँन र मलाई यस्तो कुरामा मतलब पनि थिएन ।
म त कवाडी भैहालें
गाउँबाट हिँडेपछि हामीले काठमाडौंमा जग्गा भाडामा लिएर गाई पाल्न थाल्यौं । अहिले यिनै गाईले जहान परिवार पालिएको छ । छोरोछोरी ठूला भएका छन्, पढेका पनि छन्, तर जागिर छैन । अहिले धोवीखोलाको तिरमा दुई आना जतिमा बास बस्ने छाप्रो छ । गाई पालेको ठाउँचाहिँ मासिक १ हजार रुपैयाँ भाडामा लिएको हो ।
शिक्षण गरेको पैसाले ०४४ सालमा ३६ हजार रुपैयाँमा यो ठाउँमा ५ आना २ पैसा जग्गा किनेको थिएँ, शरणार्थी भएर गाउँ छाड्नुपर्दा यही ठाउँले अड्यायो । ०५२ सालमा बाँसको छहरो हालेको थिएँ । तर, ५ आना जग्गामा अहिले दुईआना जतिमात्रै छ । कांग्रेसको रावल आयोगले अहिलकति जग्गा खाइदियो । यसपालि बाटो विस्तार गर्दा घरै भत्काइदिए । धन्न त्यसबेला बुद्धि आएछ र यो खोलाको छेऊमा माटो किनिएछ । अहिले यहाँ ४ वटा गाई पालेको छु । आफैं भारी बोक्छु, गोबर सोहोर्छु । दूध बेच्न लैजान्छु । गाउँमा मेरो गल्ती केही थिएन । गाउँमा शिक्षक हुँदाको अवस्था बेग्लै थियो । अहिले त म कवाडी भैहालें नि ।
देश जोगाउन राजा चाहिन्छ
माओवादीका इलाका इञ्चार्ज हेनरीले लेखेर दिएको कागज मसित अझै सुरक्षित छ, त्यसमा तँ राजावादी भएकाले तँलाई कारवाही गरेको भन्ने उल्लेख छ । तर, मेरो चिन्तनमा राष्ट्रियताको भावना आइदियो । राजाविना त यो देशको रक्षा हुन सक्दैन । देशमा राजा र राजतन्त्र चाहिन्छ । अहिले जुन लोकतन्त्र र गणतन्त्र आएको छ, यसले हामी सामान्य मान्छेको भलो गर्दैन । पहिले पो बोल्न सकिएन र गाउँ नै छाड्नुपर्यो । अब य यति बोल्न पाइन्छ होला नि हैन ? यो मेरो आस्था हो ।