१४ वर्षको किशोरीलाई तीन जना युवकले बलात्कार
केसी लामिछाने/उज्यालो । पर्साको ठोरी गाविसकी १४ वर्षकी किशोरीमाथि सामुहिक बलात्कार भएको छ । ठोरीस्थित आफन्तको घरमा बस्दै आएकी किशोरीलाई स्थानीय तीन जना युवकले गत जेठ ७ गते राति बलात्कार गरेपनि घटना त्यसको एक हप्तापछि मात्र सार्वजनिक भएको हो । पीडित किशोरीले आफूलाई तीन जना युवकले सामुहिक बलात्कार गरेको भन्दै मंगलवार इलाका प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् । ठोरीका २० वर्षका अविनाश साह, २० वर्षकै मन्नु चौधरी र २० वर्षकै सोहन खवासले जेठ ७ गते राति आफूलाई घरदेखि उत्तर तिरको कुलो नजिक लगेर बलात्कार गरेको पीडित किशोरीले बताएकी छन । तीन जना मध्ये मन्नु र सोहनको सहयोगमा अविनाशले जबरजस्ती करणी गरेको पिडित किशोरीले उजुरीमा उल्लेख गरेको प्रहरी निरिक्षक वीरेन्द्र पनेरुले बताउनुभयो ।
घरमै बसेका बेला आफनो भाइमार्फत उनीहरुले झुक्याएर घर बाहिर बोलाएको र जवर्जस्ती बोकेर कुलो नजिकै लगेको युवतीको भनाइ छ । त्यही बेला आफ्ना भिनाजु खेतमा पानी लगाउन पुगेको र तीनै जना युवकहरु फरार भएको उनको भनाई छ । इज्जत जाने डरले अहिलेसम्म चुप लागेको युवतीको भनाई बलात्कारका घटनाबारे त्यही दिन आफन्तलाइ जानकारी गराउँदा पनि समाजमा इज्जत प्रतिष्ठा जाने डरले आफन्तले उल्टै हप्काएर घटनालाइ ढाकछोप गर्ने प्रयास गरेको पीडित किशोरीले बताएकी छन । बलात्कारको घटनापछि पीडित किशोरी भारतको जमुनियाँस्थित मामा घरमा गएर बसेकी थिइन् ।
घटनाबारे गाँउघरमा हल्ला फैलिएपछि स्थानीय महिला अधिकारकर्मीले प्रहरीलाई जानकारी गराएपछि सोमवार इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरिक्षक वीरेन्द्र पनेरुले पीडित किशोरीलाई मामा घरबाट झिकाएको स्थानीय महिला अधिकारकर्मी भगवती धितालले बताउनुभयो ।
बलात्कारमा संलग्न युवकहरु फरार रहेको र उनीहरुको खोजी कार्य भइरहेको प्रहरी निरिक्षक पनेरुले बताउनुभयो ।
बलात्कारीलाई कारवाही गर्न माग ,दोषीलाई कारवाहीको माग गर्दै महिला सन्जाल ठोरी, पारा लिगल कमिटी ठोरीलगायतका महिला अधिकारवादी संघसंस्थाहरुले इलाका प्रहरी कार्यालयमा दबाब दिएका छन । पीडित किशोरी अहिले इलाका प्रहरी कार्यालयकै संरक्षणमा रहेको प्रहरी निरिक्षक पनेरुले जानकारी दिनुभयो । उहाँले पीडित किशोरीलाई स्वास्थ्य परिक्षणका लागिसदरमुकाममा पठाउने र आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाइने बताउनुभयो ।