तलव नपाएपछि सिलिण्डर बेचेर पत्रकारले कोठा भाडा तिरे, महासंघले मिडियामा ताला लगाउने !

२ जेठ,काठमाडौ। आफूलाइ सर्वश्रेष्ठ र कितृमानी दावी गर्ने टेलिभिजनले पत्रकारलाइ महिनौ सम्म तलव सुविधा नदिएपछि अब पत्रकार महासंघले टिभीका कार्यालयमा ताला लगाउने भएको छ । महासंघमा आज भएको छलफलमा पत्रकारहरुले तलव नदिने अबस्था झन विकराल बन्दै गएको गुनासो बढेपछि महासंघले ताला लगाउने भएको हो ।



‘हामी सधैभरी प्रेस स्वतन्त्रता भनेर नारा लगाएर हिड्ने वाला छैनौ, महासंघका प्रतिष्ठान शाखाका सभापतिहरुको भेलामा महासंघका महासचिव ओम शर्माले भने–पत्रकारलाइ पैसा नदिने संचार माध्यम बन्द भए हुन्छ, नत्र हामीले ताला लगाउछौ ।’

महासचिव शर्माले टिभीका पत्रकारले सिलिण्डर बेचेर कोठा भाडा तिर्नुपरेको गुनासो आफूकोमा आएको भन्दै अब महासंघ चुप लागनेर नबस्ने बताए । महासंघकी कार्यबहाद अध्यक्ष यसोदा तिम्सिनाले नौ नौ महिना सम्म तलव नदिने संचार माध्यम आबश्यक नभएको बताइन ।

शाखा अध्यक्ष र केन्द्रीय उपाध्यक्षबीच भनाभन

नौ महिना सम्म तलव नदिएको भनेर कर्मचारी आन्दोलन भइरहेको कितृमानी टिभी न्युज २४ का शाखा सभापति सुशील अर्याल र महासंघकी उपाध्यक्ष तिम्सिनावीच विबाद भएको हो । टिभीमा भइरहेको आन्दोलन सम्बन्धमा ‘खोलामा भेल थुन्न असारमा नभइ पौष, माघमा तारबाली लगाउनु पर्ने’ बताएपछि दुइजनावीच विबाद भएको हो ।

उपाध्यक्ष तिमिल्सिनाले जागिर जाने डरमा मालिकसंग खुट्टा नकमानउन संचारकर्मीसंग आग्रह गरिन । केन्द्रीय सदस्य मात्रिका पौडेलले पत्रकारलाइ शेषण गर्ने संचार माध्यम बन्दभए फरक नपर्ने बताए । शाखा सभापतिहरुले अधिकाशं संचार गृहमा तलव नभएको , न्युनतम पारिश्रमिक नदिइएको जस्ता गुनासा गरेका थिए ।