माओवादी नेता वर्षमान पुनको गाडिको ठक्करबाट एक युवकको मृ्त्यु !!

२ जेठ, काठमाडौ । एकीकृत नेकपा (माओवादी)का नेता वर्षमान पुन: अनन्तको गाडीले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । मोटरसाइकलमा सवार सौरभ थापालाई पुनका भाई प्रनीश पुनले चलाएको बा ९ च ६९२२ नम्बरको गाडी बुधबार साँझ ठक्कर दिएको थियो ।



मृत्यु हुने र ठक्कर दिने दुवै जना २० वर्षीय युवकहरू हुन् । बुधबार साँझ साढे सात बजे सातदोबाटो यातायात व्यवस्था कार्यालय अगाडि ठोकीएको थियो । दुर्घटनापछि घाइते भएका थापाको पाटन अस्पतालमा उपचारका क्रममा राती १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल र गाडी दुबै प्रहरीको नियन्त्रणमा रहेको र सवारी ऐन अन्तर्गत कार्वाही अगाडि बढाइएको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडि एनेकपा माओवादी पार्टीको नाममा दर्ता रहेको माओवादीले कब्जा गरेको चोरीको गाडी हो ।