एम्बुलेन्स अगाडी किन नाँगिइन यि महिला ? (फोटो फिचर सहित)

चीनको सानडोङ प्रान्तको लिन्यी शहरमा आमा छोरी चढेको स्कुटीलाई एउटा कारले ठक्कर दियो । केहि मिटर पर उछिट्टिएका आमाछोरी सख्त घाइते भए, छोरीको निधन भयो, आमा उपचाररत छिन् । घटना हुनेवित्तिकै स्थानीयले एम्बुलेन्स बोलाए तर भयो अचम्म !
आमा छोरी सवार स्कुटीलाई ठक्कर दिएर छोरीको ज्यान लिने कारमा चालक महिला थिइन् । जब एम्बुलेन्स आइपुग्यो । ती महिला कारबाट झरिन् र फटाफट आफ्नो लुगा फुकाल्न थालिन् । अनि सर्वाङ्गै एम्बुलेन्सको अगाडी गएर लम्पसार परिन् ।



उनले दुर्घटनामा परेका आमाछोरीलाई उद्धार गर्न दिइनन् । एम्बुलेन्स चालक र अन्य व्यक्तिको केहि सिप नलागेपछि एम्बुलेन्स त्यहि छोडेर मृत छोरीको लाश बोकेर ल्याए र गाडीमा हाल्न खोजे तर फेरी ती नाङ्गी महिलाले छोरीको लाशलाई जोडले तानिन्, भुईँमा पछारिन् र गाडीमा हाल्न दिइनन् ।

किन यस्तो भयो ? कार चालक मिस झाङ र स्कुटी चालक मिस वाङ लिन्यी शहरका छिमेकी हुन् । आफन्तहरुका अनुसार उनीहरुको सम्बन्ध राम्रो थिएन । मृतकका आफन्तले यो दुर्घटना नभई रिसिइबीको घटना भएको बताएका छन् । आपसी झगडाकै कारण मिस झाङले आमाछोरीलाई बीच बाटोमा मौका छोपेर हिर्काएको बताइएपनि यसको खास कारण पत्ता लगाउन चिनीयाँ प्रहरी लागिरहेको छ ।