प्रहरीको भुँडी घटाउन देशभर निरीक्षण
२ बैशाख, काठमाण्डौं । अस्वभाविक रुपमा पेट बढाएका प्रहरी अव छानबिनमा पर्ने भएका छन् । चुस्त र दुरुस्त देखिनुपर्ने भए पनि अस्वभाविक मोटा प्रहरीलाई छानविनको दायरामा ल्याउन प्रहरी मुख्यालयले तीन एसएसपी सुरेश केसी, घनानन्द भट्ट र रमेश पाण्डेलाई सोमबारदेखि देशभर निरीक्षणका लागि पठाउँदै छ ।
मातहतकालाई अनुशासनमा राख्न नसक्ने कार्यालय प्रमुख प्रहरी अधिकारीमाथि समेत काराबाही हुने मुख्यालयले जनाएको छ । शरीरको तौलसँगै सर्वसाधारणसँगको व्यवहार, बोलीचालीमा समेत सुधार गर्न भनेको छ । यस्तै ड्युटीमा बस्दा राम्रोसँग प्रहरी पोसाक लगाउनुपर्ने छ ।
नेपाल प्रहरीमा भर्ना हुँदा र यूएन मिसनमा परीक्षा दिँदाबाहेक अन्य बेला शारीरिक तन्दुरुस्तीका लागि कुनै जाँच हुँदैन । तालिम केन्द्रमा प्रशिक्षकका रुपमा गएकाहरुको भने महिनामा एकपल्ट तन्दुरुस्ती जाँच हुने गरेको खबर कान्तिपुर दैनिकले छापेको छ ।
नेपाली सेनामा भने बर्षमा दुई पटक शारीरिक तन्दुरुसती परीक्षा हुने गरेको छ ।