सिंहदरबारको स्वरुप परिवर्तन हुने

२ बैशाख, काठमाण्डौं । परम्परागत भवन, बाह्रमासे फूलको बगैँचा, आधुनिक फुडकोर्ट, व्यवस्थित सार्वजनिक शौचालय र संकलित आकाशे पानी आपूर्ति व्यवस्था ! मुलुककै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको भावी तस्बिर यस्तै छ । सरकारले सिंहदरबारलाई सबैखाले सुविधायुक्त आकर्षक केन्द्र बनाउने परिकल्पनासहित यस्तो चित्र तयार पारेको हो । यसलाई बास्तविकतामा बदल्न प्रारम्भिक काम सुरु भइसकेको छ ।



‘शासकीय तथा आर्थिक सुधारको तत्कालीन कार्ययोजना २०६९ अनुसार सिंहदरबारमा विभिन्न सुविधा थप्न काम थालिसकेका छौं,’ सहरी विकास मन्त्रालयका प्रवक्ता सुरेशप्रकाश आचार्यले भने, ‘केही काम अघि बढिसकेको छ ।’

सिंहदरबारभित्रका नर्सरी सरकारले व्यवस्थित गर्न नसकेपछि निजी क्षेत्रलाई जिम्मा दिन लागिएको छ । ‘नर्सरी सेवा खरिद गर्न बोलपत्र आह्वान भइसकेको छ,’ आर्चायले भने । निजी क्षेत्रले नर्सरी लिएपछि बगैंचा थप व्यवस्थित हुने अपेक्षा सरकारको छ । मन्त्रालयअन्तर्गतको सिंहदरबार पुननिर्माण विकास समितिले गत माघमै बगैंचा व्यवस्थापनसम्बन्धी प्रस्तावित योजना लागत तयार पारिसेको उनले बताए नागरिक दैनिकमा खबर छ ।

समितिले सिंहदरबारभित्र कर्मचारीका लागि व्यवस्थित खाजाघर (फुडकोर्ट) बनाउन इन्टेरियर डिजाइनको लागत अनुमान तयार गरिरहेको छ । ‘अहिले मन्त्रालयपच्छिेका खाजाघरलाई व्यवस्थित गर्न केन्द्रीय सर्भिस सेन्टरमा फुडकोर्ट बनाउन लागिएको हो,’ उनले भने, ‘अहिले निर्माणाधीन भवनको सुपरिवेक्षण भइरहेको छ ।’