बाढीका कारण ५४ जनाको ज्यान गएपछि अर्जेन्टिनामा तीन दिने राष्ट्रिय शोकको घोषणा

अर्जेन्टिना - अर्जेन्टिनामा सरकारले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । मंगलबार अबेर राती आएको बाढीका कारण ५४ जनाको ज्यान गएपछि सरकारले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको हो ।

राजधानी ब्यूनर्स आयर्स र ला प्लाटा शहरमा मंगलबार अबेर राती एकैछिन भएको वर्षापछि आएको बाढीमा परी ५४ जनाको ज्यान गएको हो । बाढीले सबैभन्दा बढी क्षति ला प्लाटामा पुर्‍याएको छ ।

त्यहाँ ४८ जनाको ज्यान जानुका साथै १० लाख जना प्रभावित भएका छन् । यस्तै ब्यूनस आयर्समा मात्रै ३ लाख ५० हजार जना बाढीबाट प्रभावित भएका छन् ।