झरी बनी रुँदा प्रेमीले याद नगरेपछि (भिडियो)
पोखरामा रहेर पत्रकारिता गर्दै आएका संचारकर्मी अपिल त्रिपाठी अब म्युजिक भिडियो निर्देशक बनेका छन् । उनले हालै मात्र अञ्जु पन्तको आवाजमा समावेश तिम्रा आँखा रसाएनन् म झरी बनी रुँदा पनि’ बोलको गीतको भिडियो निर्देशन गरेका हुन् ।
महेश खड्काले संगीत भरेको यो गीतमा बद्री अधिकारीको शब्द समावेश छ । भिडियोमा दिपक पोख्रेल, राजन कार्की र श्रीको अभिनय छ । सरोज अधिकारीले छायांकन गरेको यो भिडियोलाई सुवासले सम्पादन गरेका हुन् । भिडियोको छायांकन पोखराको लभ्ली डाडा र रामघाटमा गरिएको हो ।