चीनको सिचुवान प्रान्तमा शक्तिशाली भूकम्प , ३० को मृत्यु ४ सय भन्दा बढी घाइते

७ वैशाख, काठमाण्डौं । चीनको दक्षिणपश्चिमी सिचुवान प्रान्तमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने ४ सय भन्दा बढी घाइते भएका छन् । उद्दारकार्य जारी रहेकाले ज्यान गुमाउनेको यकिन संख्या आउन सकेको छैन । स्थानीय समय अनुसार बिहान ८ बजेर दुई मिनेट जाँदा सिचुवानको याआन शहरको लुशान गाउँ नजिक केन्ऽ बनाई ७ रेक्टरस्केलको भुकम्प गएको थियो ।



याआनबाट १ सय ४० किलोमिटर टाढा पर्ने सिचुवानको राजधानी शहर चेङ्गदु तथा गुईझोउ, गाङ्गसु, साङ्गसी र युन्नान प्रान्तमा पनि स्थानीय बासिन्दाले २० सेकेन्ड सम्म भुकम्पको झट्का महसुस गरेका थिए । भुकम्पमा परेकाहरुको उद्धारका लागि २ हजार भन्दा बढी सैनिक, उद्धारकर्मी तथा प्रहरी खटिएका छन् । चिनको सिचुवानमा सन २००८ मा ८ रेक्टरस्केलको भुकम्प जाँदा झण्डै ९० हजार जनाको ज्यान गएको थियो ।