‘मञ्जरी’ युनिटको प्रश्न : ‘चियामा पिसाब फेर्दा के काट्नु पर्छ ?’

वैशाख २० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मञ्जरी’ र सेन्सर बोर्ड बिचको लफडा अझै मिलेको छैन । चलचित्रमा समावेश केही सामान्य दृश्यलाई समेत सेन्सरले काट्न भनेपछि निर्माणपक्ष आक्रोशित भएको हो ।



काठमाण्डौमा पत्रकार भेटघाटको आयोजना गर्दै निर्माणपक्षले सेन्सर बोर्डबाट अनावश्यक दुख पाएको बताएको हो । चलचित्रमा समावेश ३ वटा दृश्य माथी सेन्सरले अनावश्यक रुपमा कैची लगाएको निर्माणपक्षको भनाई छ । सामान्य भन्दा सामान्य दृश्यमाथी सेन्सरले कैची लगाएपछि मञ्जरी युनिटले पत्रकार सम्मेलनको आयोजना गरेको हो । चलचित्रमा समावेश ‘चियाको गिलासमा बच्चाले पिसाब फेरेको’, ‘कोकको बोत्तल भित्र पिसाब फेरेको’ र ‘नायक गौरब पहाडीलाई कुटेको’ दृश्यमा सेन्सर आपत्ती जनाएको हो ।

कार्यक्रममा सेन्सरले कैची लगाएका ३ दृश्य प्रदर्शन गरिएको थियो । कार्यक्रममा उपस्थित पत्रकारहरुले सामान्य दृश्य माथी कैची लगाउन नहुने तर्क गरेका थिए । गणेशदेव पाण्डेको निर्देशनमा तयार भएको यो चलचित्रमा गौरब पहाडी, सुजाता कोइराला, टिका पहाडी लगायतका कलाकारको अभिनय छ । महेश चालिसे र नरेश पाण्डेको निर्माणमा तयार भएको यो सिनेमाको निर्माण युनिटले सेन्सरकै झमेलाका कारण चैत्र ९ गते तोकिएको प्रदर्शन मिति सार्न वाध्य भएको थियो ।