सडक दूर्घटनामा अष्ट्रेलियामा एक नेपाली विद्यार्थीको मृत्यु
ऋषि आचार्य
२२ चैत, सिड्नी । अस्टेलियाको उत्तरी राज्य डार्विनमा मंगलबार साँझ भएको सडक दुर्घटनामा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । इस्टर पर्वको बेला सिड्नी शहर घुमेर डार्विन र्फकने क्रममा माटाराङ्का भन्ने स्थानमा चार जाना नेपाली विद्यार्थी सवार कार सडक दुर्घटनामा परेको थियो ।
सडक दुर्घटनामा परेर गणेश गैरे, बिष्णु क्षेत्री र नारायण बसियाल घाइते भएका थिए । मृत्यु हुने छात्राको नाम र थर परिवार र साथीहरुको अनुरोधमा गोप्य राखिएको छ । डार्विन शहरबाट प्रकासन हुने एनटी न्युजका अनुसार करिव १३० किलोमिटर प्रति घण्टाको गतिमा गुडिरहेको कार सडकमा ठूलो चरालाई जोगाउन खोज्दा चार बल्ड्याङ खाएर पल्टिएको थियो । उक्त सडक दुर्घटनाका कारण स्टुवार्ट राजमार्ग विहान एक बजेसम्मका लागि बन्द गरिएको थियो ।
यसैविच हाम्रो इटरनेट रेडियो डार्विकका सम्वाददाता कमल सिलवालका अनुसर सडक दुर्घटनामा गम्भिर घाइते भएका एक जनालाई डार्विनको रोयल डार्विन अस्पतालमा उपाचारको लागि ल्याइएको छ भने बाँकी दुईजनाको स्थानिय क्याथि्रन अस्पतालमा उपचार भैरहेको छ । मृत्यु भएकी नेपाली छात्रा सिड्नीबाट पहिलो पटक रोजगारीका लागि डार्विन जाँदै थिइन । नेपाली समुदायिक संस्थाको पहमा मृतक नेपाली छात्राको शव डार्विन ल्याउन पहल भैरहेको सिलवालले अनलाइनखबरलाई बताए । साथै नेपालमा रहेको उनका परिवारका सदस्यसँग पनि सम्पर्कको प्रयास भैरहेको छ । आकर्षक रोजगारी र स्थायी बसोवासका लागि सहज हुने कारणले नेपालीहरु सिड्नी, मेलवर्न जस्ता घना शहरहरुबाट नर्दन टेरिटोरी राज्यको डार्विन बसाइ सर्ने गरेका छन् ।