देबरको बोतल प्रहारबाट भाउजु गम्भिर घाइते

बैशाख–११, रक्सी भरिएको बोतल प्रहारबाट खोटाङमा एक महिला गम्भिर घाइते भएकी छन् ।

साईनोले देबर पर्ने २४ वर्षीय नबिन राईको बोतल प्रहारबाट दिक्तेल–९ सोल्माका ३० वर्षीय सरस्वती राई गम्भिर घाईते भएकी हुन् ।



मादक पदार्थ सेवन गरेका नबिनले पूरानो रिसइबिमा सरस्वतीलाई बोतल प्रहार गरेको प्रहरीले जनाएको छ । बोतल प्रहारबाट अनुहारमा गहिरो चोट लागेका सरस्वतीको जिल्ला अस्पताल दिक्तेलमा उपचार भईरहेको छ ।

भाउजुलाई बोतल प्रहार गर्ने नबिन भने फरार रहेको र उनको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक राजिब बस्नेतले बताउनुभयो ।