२ हजार ६ सय ८२ अण्डा प्रयोग गरि बनाइयो सबै भन्दा लामो केक (भिडियोसहित )

जापानमा सबै भन्दा लामो केक तयार भएको छ | टोक्यो को एक विश्व बिद्यालयका छात्राहरुले सबै भन्दा लामो केक तयार गरि गिनिज बुकमा रेकर्ड दर्ता गरेका छन् |

अहिले तयार भएको सबै भन्दा लामो केक १३०.६८ मिटर लामो छ | यो भन्दा अघि गिनिज बुकमा ११५.०९ मिटर लामो केक नै सबै भन्दा लामो केक रोलमा दर्ता भएको थियो |



टोक्योमा १३ अप्रिल २०१३ मा तयार गरिएको यो १३०.६८ मोटर लामो केक तयार गर्न ५४ किलो मैदा ४३ किलो चिनी र २ हजार ६ सय ८२ अण्डा प्रयोग गरिएको थियो |

यो केक तयार गर्न ९० जना व्यक्ति सहभागी भएका थिए | यो भंदगी अघि तयार भएको ११५.०९ मिटर लामो केक पनि जापानमै तयार भएको थियो |

हेर्नुहोस भिडियो