पत्रकार सम्मेलनमै महिलाले कपडा उतारेपछि......( भिडियो सहित )



दक्षिण क्यारोलिनास्थित एक हलमा पत्रकार सम्मेलन चलिरहेको समयमा एक महिलाले आफ्नो कपडा उतारेर निर्वस्त्र हुने प्रयत्न गरेकी छिन् ।

शिक्षा सम्बन्धी पत्रकार सम्मेलन चलिरहेको समयमा महिलाले आफ्नो कपडा उतारेर हलमा प्रवेश गर्ने प्रयास गरेपछि सम्मेलनलाई सम्बोधन गरिरहेका अतिथि र सुरक्षाकर्मी समेत अचम्ममा परेको समाचार सार्वजनिक भएको हो ।

स्थानीय एक टेलिभिजनले पत्रकार सम्मेलन चलिरहेकै बेला महिलाले आफ्नो ब्याग भूईंमा फालेर कपडा उतार्दै सम्मेलनको माझमा जाने प्रयत्न गरेकी बताएको जनाइएको छ ।

तर, महिला निर्वस्त्र हुनुअघि नै त्यहाँ उपस्थित सुरक्षाकर्मीले उनलाई नियन्त्रणमा लिएका थिए । यु–ट्युवमा समेत उक्त दृष्य देख्न सकिन्छ । ३९ वर्षीया मोनिका डिक्सन नामक ती महिलाले त्यस्तो हरकत किन गरिन् भन्ने विषयमा भने केही खुल्न नसकेको जनाइएको छ ।



स्रोत: इमेज च्यानल