पूर्व राजा ज्ञानेन्द्रसहित परिवारका सदस्य आज नेपाल फर्किदै

काठमाडौ, ८ वैशाख । पूर्व राजा ज्ञानेन्द्र शाह परिवारका सदस्यहरुसहित आज बैंककबाट नेपाल फर्किने भएका छन् ।


पूर्व युवराज पारस शाहलाई पुनःस्थापना केन्द्रमा राखिएपछि पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह, पूर्वयुवराज्ञी हिमानी र हिमानीकी जेठी छोरी आज काठमाडौ फर्किन लागेका हुन् । गत फागुनमा बैंकक गएका पूर्व राजपरिवारका सदस्य झण्डै दुई महिनाको बसाईपछि आज नेपाल फर्किन लागेका हुन् ।

आज दिउँसो १२ बजेपछि पूर्व राजपरिवारका सदस्य काठमाण्डु आइपुग्ने पूर्व राजपरिवारका एक सहयोगीले जनाएका छन् ।