१० लाख नदिए बम पड्काउने धम्की दिने प्रहरी फन्दामा

रमेशकुमार पौडेल, चितवन, चैत २२ - बैँकका शाखा प्रमुखलाई एसएमएस गरेर धम्काउँदै १० लाख रुपैयाँ माग्ने व्यक्तिलाई चितवन प्रहरीले गिरफ्तार गरेको छ। जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार शारदानगर गाविस वडा नं. २ बस्ने २० वर्षका रोशन भन्ने चेतबहादुर विक समातिएका हुन्।

उनले चैत ५ गतेदेखि नेपाल बैंक रामपुर शाखाका प्रमुख गणेशबहादुर चौधरीलाई पटक पटक एसएमएस गरेर पैसा मागेका थिए। मागे बमोजिम १० लाख रुपैयाँ नदिए अपहरण गर्ने र घरमा बम पड्काउने भन्दै धम्काउने गरेको प्रहरीको भनाइ छ।