सेन्सरले नाक खुम्च्याएको ‘ब्ल्याकनाइट’ कसरी भयो पास ?

बैशाख २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ब्ल्याकनाइट’ लाई सुरुवातमा सेन्सर बोर्डले वेवास्ता गरेको यसका निर्माता हिराजबाबु गोर्खालीले बताएका छन् । सुरुवातमा सिनेमामा उत्तेजक दृश्य हाबी भएको होला भन्दै सेन्सर बोर्डका कर्मचारीले चलचित्रको सेन्सरमा वास्ता गरेका थिएनन् ।तर सिनेमा हेरेपछि सेन्सरका कर्मचारीले ‘ब्लायकनाइट’ को प्रशंसा गरेको गोर्खालीको भनाई छ । सिनेमा हेरेपछि सेन्सरका कर्मचारीले नाम सुन्दा सेक्स केन्दि्रत सिनेमा होला भन्ने लागेको तर हेरिसकेपछि यस्तो नभएको बताएका थिए ।



चलचित्रले ब्ल्याकनाइट ग्रुप बिच हुने भिडन्तलाई देखाउन खोजेको छ । मधुसुदन भट्टराइले निर्देशन गरेको यो चलचित्रमा अधिकांश कलाकार नयाँ छन् । चलचित्रमा निशा रिसाल, विक्रम शाह, सुरेश चिलवाल, अनुपा कार्की, रिक्की लामा, अप्सरा घिमिरे, राज न्यौपाने, मोनिका दाहाल, युनिका खड्का लगायतका कलाकारको अभिनय छ । चलचित्रमा शिवम अधिकारीको पटकथा, चन्द्र पन्तको द्वन्द्व, विकास चौधरी र राजिव शाहको संगीत छ ।

चलचित्रले नेपाली सिनेमा अहिलेसम्म उठान नगरेको बिषयलाई देखाउन खोजेको छ । पुरुष भन्दा महिला कुनै कुरामा कम छैनन् भन्ने बिषय नै सिनेमाको मुख्य कथा हो । चलचित्रमा महिलाले पुरुषलाई बलात्कार गरेको दृश्य समावेश छ ।