अध्यक्ष रेग्मीको जग्गा नेकपा-माओवादीको कब्जामा

दिपक शर्मा

२१ चैत, बर्दिया । नेकपा-माओवादि बर्दियालेले अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीको जग्गा कब्जा गरेका छन् । नेकपा-माओवादीका कार्यकर्ताले आज विहानै रेग्मीसहितका केही मानिसहरुको जग्गा कव्जा गरेको हो ।

रेग्मीको बर्दियाको खैरिचन्दनपुर गाविस वार्ड न ८ हरिनगर गाउँमा रहेको १४ विगाह जगगा कब्जा गरेको नेकपा माओवादिका जिल्ला इन्चार्ज द्रब्य शाह सुमनले जानकारी दिनुभयो ।

यसैगरि सोहि गाविस वार्ड न ८ मा रहेको लक्ष्मी प्रसाद शर्माको ३५ विगाह र वार्ड न ६ खैरिमा रहेको युवराज शर्माको ६५ विगाह जमिन कब्जा गरिएको माओवादीले जनाएको छ ।

भुमिहिनहरुको समस्या हल गर्ने तर्फ कसैले चासो नदेखाएका कारण जग्गा कब्जा गरिएको र उक्त जग्गा जसले प्रयोग गर्दै आएको छ उसैले पाउनुपर्ने माग माओवादीले गरेको छ ।onlainkhabar.com