घर नजिक मोबाइल टावर स्वास्थ्यका लागि हानिकारक !

हालसम्म मोबाइल तथा रेडियोका टावरको दूरी, क्षमता, उचाइलगायतका विषयमा निर्धारण गर्ने कुनै निर्देशिका छैन् । प्राधिकरणका प्रवक्ता कैलाशप्रसाद न्यौपानेले अब बन्ने निर्देशिकामा जनस्वास्थ्यलाई ध्यान दिइने बताए । आवासीय घर नजिक कति क्षमता र कस्ता पूर्वाधार राख्ने भन्ने विषयमा अध्ययन गरी विज्ञ तथा सम्बन्धित संघसंस्थाको प्रतिक्रियापछि निर्देशिका बनाइने उनले बताए कारोबार दैनिकमा खबर छ । हालसम्म घर नजिक टावर राख्दा स्वास्थ्यमा नकारात्मक असर पर्छ भनिएपनि कुन तहको असर पर्छ भन्ने पुष्टि भएको छैन् ।