छुरा प्रहारबाट दुई जना घाइते

काठमाडौं, वैशाख ९- सोलुखुम्बु केस-६ घर भई हाल नेपाली सेनाको हरिदल गणमा कार्यरत प्युठ २२ वर्षीय फुर्बा तामाङ धारिलो हतियार छुरा प्रहारबाट घाइते भएका छन्। काठमाडौं महानगरपालिका­४ स्थित राजधानी पेट्रोल पम्पबाट धुम्बाराही जाने भित्री बाटामा हिँडिरहेको अवस्थामा आइतबार उनलाई अपरिचित चारपाँच जनाको समूहले नाइटाको दाहिने पट्टि छुरा प्रहार गरी घाइते बनाएकामा उपचारको लागि ओम अस्पताल चाबहिल पठाई थप उपचारको लागि आर्मी अस्पताल छाउनी रिफर गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।







यसैबीच काठमाडौं सीतापाइला-१ स्थित मातादेवी पेट्रोल पम्प नजिक सोही स्थान घर भएका ४६ वर्षीय कान्छामान तामाङ आज बिहान २:४५ बजे अपरिचित तीन जनाको समूहले पेटमा छुरा प्रहार गर्दा घाइते भएका छन्। निज तामाङलाई उपचारका लागि सहिद मेमोरियल अस्पताल कलङ्की लगिएको छ। फरार अभियुक्तको खोजतलास भइरहेको छ। रासस