माइक्रोबाट ओर्लेर साझामा सरररर (फोटो फिचर)
५ बैशाख, काठमाडौं । साँझ पर्न लागेको छ । आकाश गड्याङगुडुङ गर्दैछ । सडकमा पैदल हिँड्नेहरु छिटोछिटो पाइला चाल्दैछन् । ललितपुरको जावलाखेलस्थित यात्रु प्रतीक्षालयमा एकहूल मान्छे गाडी पर्खेर बसेका छन् ।
गाडी नभएको पनि होइन । लगनखेलबाट खाली आएका माइक्रो र टेम्पो त्यहीं रोकिएका छन् । माइक्रोका सहचालक ल है रत्नपार्क, अरु गाडी आउँदैन भन्दै यात्रुलाई बोलाउँदैछ । तर त्यहाँ उभिएका यात्रुले माइक्रो र टेम्पोलाई फर्केर पनि हेरेका छैनन् । अब त साझा बस आइपुग्न लाग्यो भन्दै सबै परतिर हेर्दैछन् । माइक्रोका सहचालक साझा आउँदैन के आउनुस् भनेर यात्रुलाई फकाउँदैछ । तर कोही माइक्रो चढेका छैनन् । उ साझा आयो साझा….एउटाले भन्यो । सबैले त्यतैतिर हेरे ।
सडकमा गुड्ने अरु गाडीभन्दा बेग्लै देखिने हरियो रंगको ठूलो साझा बस बिस्तारै यात्रु भएतिरै आयो ।
बसको अघिल्तिर पनि ढोका छ । तर नियमअनुसार पछाडिको ढोकाबाट मात्र चढ्न पाइन्छ । त्यसैले यात्रुको लागि पछाडिको ढोका मात्र खुल्यो । अरु माइक्रो र ट्याम्पोतिर नहेरी सबै साझा बसमा चढे ।
सडकमा बस पर्खेर उभिएका मात्रै होइनन्, माइक्रोमा चढिसकेका पनि ओर्लेर साझा बसतिर लागे । एकछिनमै साझा भरियो । माइक्रो र ट्याम्पो रित्तै भए । यात्रु चढिसकेपछि साझा बस अघि बढ्यो ।
साझाबस हिँडिसक्दा पनि पहिलेदेखि त्यहाँ यात्रु कुरेर बसेका माइक्रो र टेम्पो अझै चलेका छैनन् । खाली माइक्रो भर्न भन्दै सहचालक अझै यात्रु बोलाउँदैछ ।

तर पछि आइपुगेका यात्रु अर्को साझा आउने बाटो हेरेर बसेका छन् । माइक्रो र ट्याम्पो झण्डै रित्तै । ‘साझाले ट्राफिक नियम पनि पालना गरेको छ, यात्रुलाई पनि सुविधा छ, यस्तो पाउँदापाउँदै माईक्रो र टेम्पोमा चेपिएर र अभद्र व्यवहार सहेर को चढोस्’ सबै यात्रुको यस्तै भनाई थियो । बुधबार बेलुकी जावलाखेलमा देखिएको दृश्य हो यो । बैशाख १ गतेदेखि राजधानीमा शुरु भएको साझा बसले यात्रुको मन जित्दैछ ।