बेगनास तालमा डुंगा डुब्दा दुईको मृत्यु, तीनजना बेपत्ता

२१ चैत, काठमाडौं । पोखराको बेगनास तालमा बुधबार दिउँसो डुंगा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन् । मृत्यु हुनेमा पोखरा १० रामबजार बस्ने डेढ बर्षकी इबिना गुरुङ र ३ बषिर्या अनुस्का गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । डुंगा पल्टिएपछि उद्दार गरेर गण्डकी अस्पताल लगिएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो ।


बेगनास तालमा ढुंगामा सयर गर्दै पर्यटकः फाइल तस्वीर




प्रहरीका अनुसार पिकनिक गएका १२ जनामध्ये ८ जना डुंगामा चढेर रमाइरहेको बेला एक्कासी चलेको हावाहुरीले डुंगा पल्टिएको हो । डुंगा डुबे लगत्तै तीनजना आफैं पौडिएर किनारमा आएका थिए भने दुईजनालाई अरुले उद्दार गरेका थिए ।

बेपत्ता हुनेमा प्रकाश गुरुङ, सुस्मा गुरुङ र पुष्पा गुरुङ रहेका घटनास्थलमा रहेका प्रहरी निरीक्षक बिमल कुमार उपाध्यायले अनलाइनखबरलाई जानकारी दिनुभयो । बेपत्ताहरुको खोजी भैरहेको उपाध्यायले जानकारी दिनुभयो