काठमाडौंमा चार युवतीले गैडा लाइ घेरा हाले पछी .......

चितवनस्थित राष्ट्रिय निकुन्जको गैंडा असुरक्षित भएको समाचार त पुरानै हो । यो साता काठमाडौंको गैंडा पनि संकटमा पर्‍यो । चार जना सिकारीले गैंडालाई घेरेर निशाना साँधेपछि काठमाडौंको गैंडा पनि अन्ततः घुँडा टेक्न बाध्य भयो । चाबहिलस्थित अम्बे रेसिडेन्सीमा देखा परेका ती गैंडा जंगल वा चिडियाखानाका गैंडा नभएर चर्चित हास्यटेलिश्रंृखला तीतो सत्यको गैंडा अर्थात् निर्मल शर्मा थिए । उनलाई निशाना बनाउने नाइके सिकारी भने तीतो सत्यकै दीपा अर्थात् दीपाश्री निरौला थिइन् । होलीको मेसो पारेर साप्ताहिकले गरेको होली फोटोसेसनमा गैंडालाई रंग्याउन अर्को हास्यश्रृंखला मेरी बास्सैकी लोकपि्रय सुन्तली अर्थात् कुन्जना घिमिरे पनि उपस्थित थिइन् । यस्तै लोकदोहोरी गायनका चर्चित कलाकारहरु निशा सुनार र मञ्जु पौडेल पनि निर्मललाई खेदी-खेदी रङ दल्न र पानी छ्याप्न उद्यत् थिए । जमेर होली खेल्ने मुडमा आएका कलाकारहरूले तीन घण्टाको फोटोसेसनमा होलीकै झझल्को दिइरहेका थिए । कलाकारहरूको होली हेरिरहेका वरिपरिका दर्शक पनि रमाइरहेका देखिन्थे । अन्ततः चारैतिरबाट आक्रमण गर्दा ठूलो ज्यानका निर्मल पनि थाके । सेतो पहिरनमा सजिएका कलाकारहरू विभिन्न रङ र पानीले भिजेर रंगीन देखिएको दृश्य उत्तिकै रोमाञ्चक थियो । -









पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला