अब लगाउने मात्रै होइन खाने स्प्रे (फोटो फिचरसहित)
सरीरमा अत्तर छर्केर सुगन्ध छर्दै हिँड्न सबैलाई मन पर्छ । यस्ता सुगन्ध नाकलाई निकै मन पर्छ । मुखका लागि होइन । तब अब केवल सुँघ्ने मात्र होइन खाने स्प्रे समेत बजारमा आएको छ ।

जर्मनीको एक खाद्यान्न कम्पनी डेली गारेजले विभिन्न रंगका स्प्रे बजारमा ल्याएको छ । जुन फलफूल लगायतका खाद्य पदार्थमा छर्केर खाद्यपदार्थलाई आफुलाई मन पर्ने रंगमा बदलेर मज्जाले खान सकिन्छ ।
कम्पनीले विभिन्न रंगका स्प्रे बजारमा ल्याउनुको मुख्य ध्येय भनेकै उपभोक्ताले आफुलाई मन पर्ने रंगको स्प्रे खानामा छरुन् र खानालाई मनपर्ने रंगको बनाएर मज्जाले खाउन् भन्नु नै हो । तत्कालका लागि सुनौलो, चाँदी रंग तथा रातो र निलो रंगका स्प्रे उत्पादन गरिएको कम्पनीले जनाएको छ ।
फूड फिनिस नाम दिइएको ती खानयोग्य स्प्रे पूर्णतया स्वस्थ रहेको र यसले उपभोक्ताको खान मन नलाग्ने समस्यालाई समेत हल गरिदिने दाबी कम्पनीको रहेको छ ।