के छापियो बुधबारका दैनिक पत्रिकामा ?



आज मिति २०६९ साल चैत महिनाको ७ गते बुधबार । आज काठमाडौंबाट प्रकाशित सबैजसो दैनिक पत्रिकाले अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले मंगलबार तीन मन्त्रीलाई संबैधानिक परिषद्को सदस्य तोकेपछि संबैधानिक अंगमा पदाधिकारी नियुक्त गर्न बाटो खुलेको समाचारलाई प्राथमिकताकासाथ छापेका छन् । यस्तै नागरिक दैनिकले आफन्तमा लगननी गरेका कारण किस्ट बैंक घाटामा गएको भन्दै प्रमुख समाचार छापेको छ । कान्तिपुर दैनिकले साउदीमा नेपाली हजुरआमा अलपत्र शीर्षकमा प्रमुख समाचार छापेको छ ।