परीक्षा दिँदा-दिदै जन्मिइन् परीक्षा

चैत ७ एसएलसी परीक्षा दिदाँदिँदै गुल्मी अर्जेकी एक छात्राले छोरी जन्माएकी छिन्। जन्मेकी छोरीको नाम परीक्षा नै राखिएको परिवारले जनाएका छन्।



एसएलसी परीक्षाको पाँचौं दिन मंगलबार सामाजिक बिषयको परीक्षा दिँदादिँदै सुत्केरी बेथा लागपछि परीक्षा बीचमै छाडेर हलबाट बाहिरिएकी गुल्मी अमरपुर ३ की १७ वर्षीया बसन्त चुँदालीलाई घरमा लगिएपछि बच्चा जन्मेको उनकी ठूली आमा शारदा भण्डारीले बताईन्। उनले एसएलसी परिक्षामा जन्मेकी शिशुको नाम परीक्षा राखिएको बताइन्। बाँकी परिक्षामा सहभागी हुन नपाउँदा छोरीले चिन्ता लिगेकी भण्डारीले बताइन्। बसन्तका श्रीमान कतारमा कार्यरत छन्।