प्रेमिकाको तस्वीर सार्वजनिक हुँदा हमाल किन मौन ?

काठमाडौं । एक ट्याब्लोइड साप्ताहिक पत्रिकामा नायक राजेश हमालकी प्रेमिकाको अन्तर्वार्ता छापिएको एक हप्तापछि फोटो नै सार्वजनिक भएको छ । हमालले लामो समयदेखि आफ्नी प्रेमिकाको बारेमा सबै कुरा रहस्यमै राख्दै आएका थिए ।







विभिन्न अनलाइनले एक्सक्लुसिभ भन्दै हमालकी प्रेमिकाको तस्वीर सार्वजनिक गरेपनि यसबारेमा हमालले कुनै प्रतिक्रिया दिएका छैनन् । सार्वजनिक भएको तस्वीर हमालकी प्रेमिका मधु भट्टराईको भएनभएको स्वतन्त्र पुष्टि हुन भने सकेको छैन ।



हमालले झण्डै दुई वर्षअघि एक युवतीसँग आफू प्रेममा परेकेा सार्वजनिक गरेका थिए । तर युवतीको परिचय सधैं लुकाइरहे, उनले । मधुको स्केचसहितको अन्तर्वार्ताछापिएपछि ती युवती को हुन् भन्ने विभिन्न अड्कलबाजी भएको थियो । यही क्रममा साइबर सन्सारले खिचेको मोडल मधु भट्टराईको तस्वीर नै हमालको प्रेमिका भनेर सार्वजनिक भएको हो । यसअघि समेत हमालको प्रेमिका भन्दै विभिन्न व्यक्तिले मिडियाबाजी गरेका थिए । चितवनकी एक महिलाले बच्चासहित हमालकी श्रीमति भएको दाबी गर्दा महानगरीय प्रहरी परिसर काठमाडौंसम्म पुग्नुपरेको थियो, हमाल । त्यसपछि समेत हमालकी एकजना फ्यानले आफू हमालसँग विवाह गर्न क्रेजी भएको सार्वजनिक गरेकी थिइन् । आखिर सार्वजनिक तस्वीर हमालकी प्रेमिकाकै हो ? हमाल किन मौन ?