अफगान युद्धमा हराएका सैनिक ३३ वर्षपछि जिवितै फेला
आफगान युद्धका क्रममा हराएका एक सैनिक ३३ वर्षपछि जिवीतै फेला परेका छन्।

तत्कालिन सोभियत संघको सहयोगमा चलेको अफगान युद्धमा हराएका एक सैनिक ३३ वर्षपछि जिवितै फेला परेका हुन् । युद्धका क्रममा बेपत्ता भएका घाइते सैनिक ३३ वर्षपछि अफगानिस्तानको पश्चिमी प्रान्त हेरातमा फेला परेका हुन् ।
खराएका सैनिक मध्य एशियाली राज्य उज्वेकिस्तानका नागरिक बख्रेदिन खाकिमोभ हुन् । उनी अहिले भने शेख अब्दुल्लाहको नाममा अफगानिस्तानमा आयुर्वेद उपचार गर्ने क्रममा फिरन्ते भएर हिडिरहेको अवस्थामा फेला परेका हुन् । यी सैनिकलाई उक्त युद्धमा सहभागी सेनाले बनाएको एउटा समितिले एक वर्ष लामो खोजपछि अब्दुल्लाहलाई फेला पारेको समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।
युद्धका क्रममा २० वर्ष उमेरका अब्दुल्लाह अझै पनि युद्धको घाऊबाट भने मुक्त नभएको समाचारमा उल्लेख गरिएको छ ।
युद्धबाट मुक्त भएपछि परिवारको सम्पर्कमा समेत नआएका ति सैनिकले तीन दशकमा रसियन भाषा समेत बिर्सिसकेको अवस्थामा फेला परेका हुन् ।