धन्यवाद वैद्यजी साइकल कुदाउँन पाएँ : थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यलाई नेपाल बन्दको आयोजना गरेकोमा धन्यवाद दिएका छन्।



प्रधानमन्त्री डा. बाबुराम भट्टराई ट्वीटर चलाएर चर्चामा आएसँगै नेताहरु सोसल मिडियामा देखिन थालेका हुन् । कमल थापाले सोसल मिडिया ट्वीटरमा आज नेपाल बन्द गरेकोमा नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यलाई धन्यवाद दिदै अंग्रेजीमा भनेका छन् "Thanks to Baidya ji no tennis today. Going for cycling. Not bad for a change" (धन्यवाद वैद्य जी आज टेनिस छैन । साइकल कुदाउँदै छु । यो परिवर्तन खासै नराम्रो होइन ।)

नेपाल बन्दले मुलुक पूर्ण रुपमा ठप्प भएका बेला नेताहरुले भने एक आपसमा खुशी साटासाट गरेका हुन् । नेपाल संघीय जनगणतान्त्रिक मोर्चाको आह्वानमा बुधबार नेपाल बन्द भएको हो । मोर्चामा मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी, मातृका यादव नेतृत्वको नेकपा माओवादी, नेकपा एकीकृत र क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सहभागी छन् । थापाले भने बन्दको नेतृत्व कर्ता पार्टीका अध्यक्षलाई धन्यवाद दिएका हुन् ।