तपाईंको आजको राशिफल फाल्गुन २४ गते

तपाईंको आजको राशिफल
ㅡㅡㅡㅡㅡㅡㅡㅡ
आज २०६९ साल फाल्गुन २४ गते बिहीवार, दशमी।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
हिजोआज राम्रै समय चल्दैछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक
ढङ्गले सम्पन्न हुनेछन् । खानपिनका परिकार प्राप्त हुने र विशेष
यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागी हुनु पर्नेछ ।
दानदक्षिणा सरसहयोग गर्दा धनखर्च हुने योग छ । शुभ कुराको संकेत मिल्नेछ

...
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
समय राम्रो छैन । शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । धन, धर्म र
भाग्यमा हानी पुग्ने सम्भावना छ । गर्नु नपर्ने काम पनि बढी समय लगाएर गर्नु
पर्ला । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउने छ ।
तपार्इंको व्यक्तिगत दृष्टिकोण उल्टो हुने देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
विवाहितको दाम्पत्य जीवन असल हुनेछ भने अविवाहितका लागि कसैले
नयाँ सम्बन्धको प्रस्ताव आउन सक्छ । छलफल, वादविवाद र
झैझगडामा आफ्नो जीत हुनेछ । उपहार र चिट्ठा सम्भावना पनि छ ।
पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
चालु पेशा वा व्यवसायका अप्ठ्यारा र असजिला पक्षको चिन्तनमा एकाबिहानै
मन रुमल्लिने छ । समय केही उल्झन पूर्ण देखिन्छ । पढाइलेखाइमा जाँगर
चल्दैन । उता आर्थिक र वित्तीय क्षेत्रका मानिसले आज
चिताएभन्दा बढी कमाउने योग छ । साँस्कृतिक
कार्यक्रममा सहभागी हुनुपर्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
विद्यार्थीका लागि आफुले आफ्नो क्षमता प्रदर्शन गरी स्याबासी पाउने दिन
हो, आज । कुनै भौतिक सुविधाको दीर्घकालिक जोहो हुने सम्भावना छ ।
बेलुका अनावश्यक कुरामा विवाद हुने र अपजस मिल्ने सम्भावना पनि छ ।
पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । अध्ययन, अध्यापनको कार्यमा खासै
तत्परता देखिँदैन । प्रेम सम्बन्धमा तिक्तता आउने योग छ । कसैसँग
व्यर्थमा वादविवाद गर्नु पर्ला । गर्नु नपर्ने कामबाट जोगिने बेला हो, गर्न
बाँकी काम पनि आजलाई थाती राख्नु नै बेस हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
यात्रा गर्ने सम्भावना छ । चिताएको काममा सफलता पाउनु हुनेछ ।
साथीभाइसित भेटघाट हुनुका साथै मनोरंजनात्मक काममा पनि संलग्न हुने
अवसर जुट्ने छ । पाचनप्रणालीमा गडबड भई स्वास्थ्य प्रतिकुल हुन सक्छ ।
पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
असल समय छ । भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ
। माया प्रेमको लागि रमाइलो छ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग
मिल्नेछ । विपरीतलिङ्गी सहयात्रीबाट प्राप्त सल्लाहबाट
गरिएको कामबाट फाइदा हुनेछ । आत्मबल बढ्ने बेला छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आज विदेश यात्रा गर्ने योजनामा लाग्ने समय हो, प्रयास अनुकूल हुने समय
आएको छ । अन्न फलफूल आदि कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक
उपार्जन हुने योग छ । सन्तानपक्षको फल पनि राम्रै देखिन्छ । खेलकुदतिर
बढी नै सफलता मिल्ला । धैर्यता लिनुहोला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
खराब समय छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा आँच आउने सम्भावना छ
। यात्राको योग छ । घरपरिवारबाट पनि यात्राको लागि आवश्यक सहयोग
मिल्ने छ । तपाईंको कडा परिश्रम व्यर्थै खेर जान सक्छ । हाकिम,
मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
व्यवसायिक क्षेत्र सफल रहने छ, आम्दानीमा कमी आउने छैन ।
झैझगडामा अघि नसर्नु नै बेस होला । बोली एवं व्यवहारमा सक्दो नियन्त्रण
राख्नु उचित हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ ।
पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
अध्ययन, अध्यापन र लेखनको कार्यमा खासै तत्परता देखिँदैन । प्रेम
सम्बन्धमा तिक्तता आउने योग छ । सन्तानको पक्षबाट आवश्यक सहयोग
मिल्ने देखिन्न । शुभ समाचार प्राप्त हुनाले मन फुरुङ्ग हुनेछ । शुभ कुराको संकेत
मिल्नेछ । सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ ।

आजको राशिफलले जे-जस्तो भने तपाईंको हरेक पल सुख शान्ती र
सफलता पुर्वक बितोस भनी कामना गर्दछौ ।