धन कमाउने किरणको सपना चकनाचुर- वैशाखिको भरमा दूतावासमा
१० चैत, क्वालालम्पुर । ६ वर्षको उमेरमा वुवा वितेर टुहुरो वनेका किरण भुजेलले ३४ वर्षको उमेरमा आफ्नो दाहिने खुट्टा गुमाएका छन् । आमाले ताते ताते गर्दे हुर्काएका दिनहरुमा उनलाई कतै कुनै दिन पनि चोटपटक लागेन ।
तर मिठो सपना वोकेर मलेसिया छिरेको सत्र महिनामै उनले हादिने खुट्टा गुमाउनु परेको छ । संखुवासभाको माम्लिङ -६, मा जन्मिएका किरण सामान्य लेखपढ गर्न मात्रै जानेका छन् । तीन कक्षासम्म स्कुल गएका उनी सामान्य लेखपढमात्र गर्न सक्छन् । दुई दिदीहरुको एक्लो भाई किरणको कमाएर खानलाई चार रोपनीभन्दा जग्गा जमिन छैन । दुवै दिदीहरुको विहेवारी भइसकेको छ । २०५५ सालमा मादिमुलखर्कवाट विहे गरेपछि दुई छोरा र एक छोरीका वावु वनेको किरणको परिवार ६ जनाको छ ।
वर्षभरी काम गर्दा पनि तीन महिना खान नपुग्ने भएका कारण परिवार पाल्नको लागि उनले गाउँमै ज्यामिदेखि अलैची टिप्ने र लगाउने काम गर्थे । गाउँमा केहि पर्यो भने हारगुहार गर्दा उनी नै दर्गुथे । विहे देखि मलामिसम्मको काममा उनी आफै भ्याउँथे । विहे गरेपछि भने उनलाई काममा केहि राहत मिलेको थियो । तर १२ वर्ष पुगेको जेठो छोरा १० वर्षकी छोरी अनी ८ वर्ष पुगेका छोरालाई कसरी राम्ररी पढाउने होला भनेर उनी सधैँ चिन्तित थिए । जिन्दगिको आधा उमेर उनले घरगृहस्थिमै विताए । परिवार पाल्नलाई हम्मे हम्मे हुन लागेपछि उनले विदेश जाने सोँचाई वनाए । आमा र श्रीमतीले पटक्कै मानेका थिएनन, तर सवैलाई सम्झाएर उनी विदेश आउन तयार भए । घरमा एक पैसा थिएन । साहुहरु कहाँ हात थाप्न धेरै ठाउँ गए । धेरै साहुहरुले कसरी तिर्छस तैले पैसा ? भन्नेसम्मको प्रश्न गरे । केहि सिप नलागे पछि आफ्नै भिनाजुसंग ४० हजार र गाउँकै साहुसंँग ६० हजार ऋण वटुल्न उनी सफल भए । गाउँका केटाहरुलाई विदेश पठाउने एजेण्टले किरण पनि विदेश जान आटेको छ भन्ने थाहा पाउन साथ घरमै आईपुग्यो ।
काम गरेको मान्छे राम्रै त होला भनि ८५ हजार एजेण्टलाई वुझाएर उनी मलेसिया आए । काम कस्तो छ भनेर उनले वारम्वार नेपालमा एजेण्टलाई सोध्ने गर्थे । एजेण्टले पनि फुलवारीमा पालो पालो पानी हाल्ने हो,कहिले काँहि तेलको प्याकिङ गर्नुपर्छ भनेपछि उनले पनि आफुले गाउँमा गरेको कामभन्दा सजिलै त रैछनी भनेर मख्ख पर्दै विदेश हानिए । तर मलेसिया आउनसाथ उनी झस्किन पुगे । लिम्पाङ भन्ने ठाउँको जंगलमा कामगर्नु पर्ने भयो । चालिस फुटसम्मका तेलका रुखवाट तेल निस्कने फल टिप्नु पर्ने भयो । घाँस दाउरा गर्दा हातमा सानो हसिया वोकेका हातले लामो न लामो फलाम भएका डण्डिमा जोडिएका हसिया समाउनु पर्ने भयो । सत्र महिना सकि नसकिकाम गरे उनले । कतिपटक त थला पर्ने गरि विरामी समेत भए । त्यतिवेला न कसैले उनलाई वावु तलाई कस्तो छ भनेर सोध्थ्ये न तातो पानी नै पाउथे । सत्र महिनामा वल्ल तल्ल ऋण तिरेर ४० हजार मात्रै जम्मा गर्न सफल भए । ऋण तिरियो अव कुनै पनि हालतमा काम नगर्ने सोचाई वनाएर उनले कम्पनी छाडेर हिँडे । लिम्पाङको जंगलमा काम गरिरहेका किरणलाई यति पैसा लिएर मात्रै घर र्फकन मन लागेन । यतिकैमा वातुकेभमा रहेको एक कम्पनीमा अवैधानिक रहेर काम गर्न शुरु गरे । डेढ महिना अगाडि ५६ हजार ४ सय रुपैयाँ घर पनि पठाए । एकलाख जम्मा भयो अव ५० हजार जति जम्मा गर्छु र नेपाल र्फकन्छु भन्ने सोचाई वनाए ।
तर उनको सोचाई गएको महिनाको पहिलो आइतवारका दिनवाट भताभुङ्ग भयो । काम नगरेर कम्पनीमा वसिरहेको अवस्थामा साथीले चलाएको फोकलिपले उनको खुट्टा च्यापियो । उनी ऐया र आत्थु गर्न थाले । साथीभाईको सहयोगले उनलाई रगतका धारासहित अस्पतालमा पुर्याइयो । ६ दिन अस्पतालको वसाईपछि डिचार्ज भएर निस्कदा उनलाई डाक्टरहरुले वैशाखि थमाइदिए । त्यतिवेला उनको मन निकै भक्कानिएर आयो । पाखोवारीमा केहि गर्ने सपना त्यसै त्यसै हरायो । हलो जोतेर हरियाली वनाउँछु भन्ने सपना चुँडियो । अव चाहेर पनि वैशाखि वेगर उनी हिड्न सक्दैनन । छोरा छोरीलाई पढाएर ठुलो वनाउने इच्छा पानीको फोका बन्ने त हैन भन्ने पीरले अहिले उनलाई सताउन थालेको छ । वैशाखिको भरमा उनी विहीवार नेपाली राजदूताबास पुगेका छन् । दूतावासमा पुग्दा समेत उनको खुट्टाको घाउँको माउरी उप्किएको थिएन । दूतावासले उनको दुःखमा साथदिने भएको छ । कागजपत्र वनाउने देखि लिएर अन्य प्रकृयामा साथ दिने दूतावासले वचन दिएपछि उनी केहि ढुक्क भएका छन् ।
अव उनलाई एउटै चिन्ता छ- परिवार कसरी पाल्ने ? छोराछोरीलाई कसरी पढाएर ठूलो मान्छे बनाउने ? आफुले जम्मा गरेको डेढ लाखभन्दा एक पैसा पनि छैन । वुढि भएकी आमाको इच्छा अनि श्रीमतीका चाहनाहरु पुरा गर्नु पनि छ । अनलाइनखबरस्.ग उनले भने- मलाई तपाईहरुको ठुलो सहयोगको खाँचो छ । म फेरी मेरा दुई छोरा पढाई विनाको अपाङ्ग वनाउन चाहन्न, यदि मलाई गुन लगाउनु भयो भने म कहिल्यै पनि विर्सने छैन ।’ आफ्ना छोराछोरीको भबिष्य बनाइदिन सहयोग गर्ने इच्छुकहरुले आफ्नो नम्बर ०१३६११३८५९ मा सम्र्पक गर्न उनले बिनय गरेका छन् ।