होलीमा रङ दल्न, पानी छ्याप्न किन मज्जा लागेको होला ?

मलाई जाडो त्यति मन पर्दैन, समर आउन थालेको तातो वातावरणलाई स्वागत गर्न होली उपयुक्त समय हो, म्याचुअर्ड महिला भए पनि हरेक मानिसमा झैं मभित्र पनि बाल्य चञ्चलता जिउँदै छ, होलीको दिन त्यो स्वभाव बाहिर निस्कन्छ। अरू दिन उत्ताउलो हुन नपाए पनि यो दिन भने बिन्दास भएर होली मनाइन्छ।


करिश्मा मानन्धर 

मानिस जति बूढो भए पनि बच्चा हुन मन लाग्छ, अरू बेला होली जस्तो उन्मुक्त हुन पाइँदैन। यो दिन साथीभाइ पनि रङ दल्न तयार हुन्छन्। रङ दल्नेलाई पनि रमाइलो र दलिनेलाई पनि रमाइलो। अझ मेहनत गरेर रङ दल्नु र पानी छ्याप्नुको बेग्लै मज्जा।

दिपकंर कसजू, ग्लामर फोटोग्राफर

मलाई केटालाई रङ लगाउन मन लाग्दैन, केटालाई लगाउने हो भने त आफैंलाई दले भैगो नि। विपरीत लिंगीलाई दल्न भने गजब रमाइलो लाग्छ, तर यो वर्ष गृहमन्त्रालयले जर्बजस्ती नगर्नु भनेर उर्दी जारी गरिसकेछ, अब सोधेर रङ लगाउने हो भने त घरकी बूढीलाई मात्र सम्भव होला।

दीपकराज गिरी, हास्यकलाकार 

आपसी सद्भाव बढाउन होली मनाइन्छ, सकभर परिचितलाई रङ लगाइन्छ, अपरिचित भए, रङ दलेर नजिक हुने अवसरका रूपमा मैले लिएको छु। रङ दल्दा र पानी छ्याप्दा रमाइलो हुन्छ।

समन अधिकारी, निर्देशक 

 मानिसले अरू समयमा बदमासी गर्न पाउँदैन, बदमासी गर्ने यो राम्रो बहाना हो। अझ यो दिन महिलालाई पानी छ्याप्दा उनीहरूको ट्रान्सपरे न्ट ड्रेसमा देखिने सेप अझ गजबको हुन्छ। पुरुषले महिलालाई महिलाले पुरुषलाई रङ दल्ने क्रममा प्राइभेट अर्गानमा पनि टच गर्ने अवसर पाउँछन्। त्यसले दिने स्याटिफाक्सन नै सबैभन्दा रोमाञ्चक हुन्छ।

अनुप बराल, रंगकर्मी/निर्देशक 

 कडा प्रश्न… रङ लगाउँदा सामीप्यता बढ्छ, फरक कलरहरूले उत्साह, ऊर्जा र रोमाञ्चकता प्राप्त हुन्छ। रङ दल्दा, पानी छाप्दा सम्बन्ध अझ प्रगाढ भएको अनुभूति हुन्छ। एक-अर्कालाई अंकमाल गर्दा आत्मीयताको अनुभव हुन्छ।

बाबुराम दाहाल, गीतकार/निर्माता 

 म रङ लगाउने, पानी छ्ाप्ने कुराको विरोधी हुँ, म आफू पनि लगाउँदिनँ र अरूलाई पनि लगाइदिन्न। यद्यपि समाजमा बसेपछि घुलमिल हुनैपर्ने बाध्यता छ। होलीको रङ र पानी स्वास्थका लागि ठीक छैन, तैपनि साथीभाइले त्यसैमा इन्जोय गरेको देखेर म छक्क पर्छु। मलाई मन नपरेर यस्तो लागेको होला, तर होलीमा गीत गाउन मज्जा लाग्छ।

बदि्र पंगेनी, लोकगायक 

 प्रायः होली खेल्दा पहिले नै साथीभाइहरूसँग सल्लाह गरिन्छ, यसलाई भव्य रूपमा होली मनाएको, रमाइलोका लागि खेलेको सकारात्मक नै लाग्छ, तर बाटोमा कामविशेषले हिँड्नेहरूलाई निशाना बनाएको पटक्कै मन पदैन। एक-अर्कालाई रङ दल्दा, पानी छ्याप्दाको मीठो अनुभूति अरू चाडमा सायदै पाइएला।

रिमा विश्वकर्मा, नायिका

पहिलो कुरा टच गर्नु भनेकै मज्जा हो, अबिर लगाउने बहानामा होलीमा विपरितलिंगीलाई टच गर्न पाइन्छ। टच गर्दा फिलिङ्स साटासाट हुन्छ, आत्मीयता बढ्छ। नजिकको व्यक्ति अझै नजिक भएको अनुभूति हुन्छ।

शंकर बिसी, नृत्य-निर्देशक होली वर्ष दिनमा एकपटक आउने चाड हो। मित्रता कायम गर्ने, चाहेको व्यक्तिसँग रमाइलो गर्ने यो राम्रो अवसर हो। इच्छाएको व्यक्तिसँग यो दिन खुलेर रङ लगाउने, पानी छ्याप्ने गरिन्छ। अरुलाई झुक्याएर रंग दल्न पाउँदा अझ रमाइलो लाग्छ।

सपन श्रेष्ठ, गायक 

होली भन्नेबित्तिकै सबैभन्दा रमाइलो पर्व भनेर बुझिन्छ, होलीमा खेलिने सात रङको आ-आफ्नै महत्त्व छ। होलीमा आफूले साथीभाइलाई थाहै नदिई र आफुलाई पनि साथीभाइले थाहै नपाई रङ दल्दा र पानी छ्याप्दा एक अलग प्रकारको रमाइलो हुन्छ। होलीको दिन साथीभाई आफन्तसँगको गेट टुगेदर पनि उत्तिकै गजबको हुन्छ।

अकेशा विष्ट, भिजे

म एकदमै रोमाञ्चक हुन्छु। विपरितलिंगीलाई रङ हाल्दा सिंदूर हालेजस्तो अनुभूति हुन्छ। मलाई त सानैदेखि होली भन्नेबित्तिकै महिलाहरूसँग उन्मुक्त भएर खेल्ने खेलजस्तो लाग्छ। विद्यार्थी समयमा डेरामा बस्दा पनि युवतीहरूसँग खुबै होली खेलिन्थ्यो। गजबको चाड हो यो।

सीताराम पोखरेल, गायक 

पहिलेदेखि नै चलिआएको परम्परा हो यो। अबिर लगाउन, पानी छ्याप्न, लोला हान्न मलाई रमाइलो लाग्छ। जर्बजस्ती लगाउँदा रिस उठ्छ तर चिनेजानेको व्यक्तिसँग आत्मीयता बढ्छ। म होलीमा एकदमै इन्जोय गर्छु।

नीता ढुंगाना, नायिका होली यस्तो दिन हो, जुन दिन आफ्नो गेटअप अपिरियन्सले कुनै मान्यता राख्दैन। दुई-चार जनासँग कुरा गर्न मन लागिरहेको हुन्छ तर बोल्न सकिरहेको हुँदैन, होलीको दिन अनुहार पोतिएको हुन्छ, त्यसकारण एक्सप्रेस गर्न सजिलो हुन्छ। होलीमा रङको मज्जा बेग्लै किसिमको हुन्छ।

सुरज गिरी, 

भिजे रङ दल्दा अरूको अनुहार ढेडुको जस्तो हुने भएकाले खुसी लाग्छ। ग्लामरस हिसाबले पनि होली उत्तिकै रोमाञ्चक हुन्छ। पानी हाल्दा युवतीहरू अझ कामुक लाग्छन्। टच गर्दाको फिलिङ्स पनि रमाइलो हुन्छ, यद्यपि हाम्रो फिल्डमा टच गर्ने, अंकमाल गर्ने क्रम चलिरहन्छ। मलाइ खुसी दिने पर्व हो होली।

दिनेश डिसी, निर्देशक/कलाकार

अरू कुरूप भएको हेर्न चाहेर होला, रिस पोख्ने उपयुक्त समय हो यो। अरू बेला रङ दल्न, पानी छ्याप्न पाइँदैन, यो राम्रो बहाना हो।

डिजे राजु

मानिसमा अरूको दुःखमा रमाउने प्रवृत्ति छ। त्यो दिन अरूलाई रंगीन बनाइदिँदा, पानीले भिजाइदिँदा खुसीका रूपमा मानिसहरू रमाउँछन्। होली विशेष पर्व हो, तर अरूलाई पनि मनोरन्जन हुने गरी मनाउँदा राम्रो हुन्छ। शरीरका लागि हानी नहुने रंग प्रयोग गर्दै, रिस राग हटाउने मनसायले होली मनाउनुपर्छ।

रूपक डोटेल, गायक 
 हामी अरूलाई बिगार्न पाउँदा रमाउँछौं, ३ सय ६५ दिनमा यो यस्तो दिन हो, जुन दिन कालो दलेर, अबिर दलेर कसैलाई नराम्रो बनाउन पाइन्छ अनि राम्री लाग्यालाई पनि यही बहानामा गाला सुमसुम्याउन पाइन्छ। नराम्रो भएकोसँग रिस पोख्न पाइने, राम्रो लाग्यासँग नजिक हुन पाइने होलीको गजबको मज्जा।

दिलीप रायमाझी, नायक 

फरक-फरक कलरले फरक-फरक महत्व बोक्छन्, म नवलपरासीमा जन्मेर हुर्किएकी, गर्मी ठाउँमा बाल्टीभरि रङ हालेको पानीले दिनभर रु ∆नुको बेग्लै मज्जा हुन्थ्यो। सबैको घर-घर गएर अबिर दल्दा, नबोल्नेसँग पनि नमस्कार गरेर सद्भाव आदान-प्रदान गर्दा रमाइलो लाग्थ्यो। काठमाडौंको होलीमा भने विकृति छ। यद्यपि यहाँ म चिनेकाहरूसँग होली मनाउँछु।

इन्दिरा जोशी, गायिका

 म होलीलाई विशेष रूपमा मनाउँछु। हरेक कलरको आफ्नै विशेषता हुने भएकाले पनि सबैसँग रङ लगाएर होली मनाइन्छ, तर मैले विपरितलिंगीसँगको निकटस्थ हुने वा उनीहरूलाई लक्षित गरेर होली खेल्ने कार्य गरेको छैन्। आफ्नै किसिमले होलीको आनन्द लिन्छु।

राजेश पायल राई, गायक 

 होली चाड अरू चाडभन्दा ग्लामरस भएकाले अटामेटिक मानिसको भावना बढी इमोसनल हुने हुँदा रङ दल्न र पानी छ्याप्न मज्जा लाग्छ। विशेष गरी घरको कौसीमा बसेर तरुणीको ढाडाँ टुटुल्को उठ्ने गरि लोला हान्दा, कुनै राम्री केटीको गाला राताम्मै हुने गरी रङ घस्दा र चुर्लुम्म पानीमा भिजाउँदाको मज्जा अरू बेला कहिले हुन्छ र हौ गाँठे ?

सीताराम कट्टेल, हास्यकलाकार

प्रस्तुति ः विदुर खतिवडा