जागिरको लोभ देखाउँदै किड्नी चोर्नेलाई ७ वर्ष जेल
गुडगाउँ, चैत १० (एजेन्सी) - किड्नी चोर्ने अभियोगमा मुद्दा खेपिरहेका अमित कुमार र उपेन्द्र दुब्लेसलाई सात वर्ष जेल सजाय सुनाइएको छ। स्पेसल सीबीआई कोर्टले हिजो उनीहरुलाई यस्तो फैसला सुनाएको हो। दुबै किड्नी चोर्ने कार्यमा योजनाकार रहेको खुलेको थियो। साथै मनोजकुमार, मोहम्मद साहिदी र ग्यासोदिनलाई चार वर्ष ६ महिनाको कैद सुनाएको छ। कामको लालच देखाउँदै गाउँबाट मानिसलाई ल्याएर किड्नी चोर्ने काममा यिनीहरु सक्रिय रहेका थिए। एक विदेशीलाई किड्ने बेच्नेक्रममा उनीहरु समातिएका थिए। किड्नी चोर्ने काममा सक्रिय यी सबै मेडिकल क्षेत्रसँग सम्वन्धित छन्। मेडिकल क्षेत्रप्रति सबैको सद्भाीव रहने भएपनि यिनीहरुको गतिविधिले यो पेशालाई नै संकटमा पारेको सीबीआई स्पेसल कोर्टले जनाएको छ। अदालतले उनीहरुबाट हरेक पीडितलाई १० लाख रुपियाँ उपलब्ध गराउनसमेत आदेश दिएको छ।