आजदेखि रेग्मीको बास प्रधानमन्त्री निवासमा

८ चैत, काठमाडौं । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले सरकारको नेतृत्व दिएको एकसातापछि आजबाट प्रधानन्यायाधीश निवास छाड्नुभएको छ । बालुवाटारस्थित प्रधानन्यायाधीश निवासकै बगलमा रहेको प्रधानमन्त्री निवासमा आजबाट अध्यक्ष रेग्मीको बास हुने भएको छ । बिहीबार दिउँसोको साइतमा उहाँ प्रधानन्यायाधीश निवासबाट प्रधानमन्त्री निवासमा सर्नुभएको हो ।