जनयुद्धको दुरुपयोग गरेर प्रचण्ड/बाबुरामले करोडौँ कमाए : विप्लव

चैत्र ४ – नेकपा–माओवादीका सचिव नेत्र विक्रम चन्द विप्लवले प्रधानन्यायाधीशले प्रधानमन्त्री बन्न स्वीकार गर्नु दुःखद भएको बताएका छन् ।



राजधानीमा आज आयोजित राष्ट्रिय स्वतन्त्र युवा मञ्चको कार्यक्रममा बोलदै उनले नेकपा–माओवादीलाई बाहिर राखेर गरिने सहमति कुनै पनि हालतमा स्वीकार नगर्ने समेत बताए ।

कार्यक्रममा बोल्दै उनले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष बाबुराम भट्टराईले जनयुद्धको दुरुपयोग गर्दै करोडौँ रकम जम्मा गरेको समेत जनाए ।

जनताका इच्छा आकांक्षामाथि ठाडो प्रहार गरेको भन्दै उनले प्रचण्ड र बाबुरामलाई जनताको कठघरामा उभ्याउने चेतावनी समेत दिए ।