वैद्यद्वारा चुनाव बहिस्कार गर्ने औपचारिक प्रस्ताव
१५ असार, पोखरा । मोहन वैद्य नेतृत्वको नेकपा माओवादीले संविधानसभाको चुनावमा भाग लिन्छ या बहिस्कार गर्छ भन्ने द्वीविधा अब लगभग अन्त्य भएको छ । पार्टीभित्र चुनाव उपयोगवादीको बहुमत नपुगे वैद्य माओवादीले आगामी निर्वाचन सक्रियरुपमा बहिस्कार गर्ने भएको छ ।
पोखरामा जारी केन्द्रीय कमिटीको बैठकमा संविधानसभाको चुनाव बहिस्कार गर्ने प्रस्ताव अध्यक्ष मोहन वैद्यले संस्थापन पक्षकै तर्फबाट औपचारिक रुपमा पार्टीमा दर्ता गराउनुभएको हो । बैठकमा वैद्यद्वारा प्रस्तुत राजनीतिक प्रस्तावमा आगामी संविधानसभा चुनाव बहिस्कारको प्रस्ताव गरिएको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

‘संविधानसभाको निर्वाचनको प्रश्न लोकतन्त्रको प्रश्न त हो तर त्यसको आवरणमा बलिदानी संघर्षबाट प्राप्त विगतका कैयन उपलब्धिहरुलाई समाप्त पार्ने र नेपाललाई सिक्किमीकरण गर्ने षड्यन्त्र भइरहेको छ ।’ बैठकपछि पं्रवक्ता भुसालले वैद्यको प्रस्तावबारे जानकारी दिँदै भन्नुभयो,’यसलाई पार्टीले कुनै पनि अवस्थामा स्वीकार गर्न नसक्ने र बहिष्कार गरेर जानुपर्ने कुरा प्रस्तावमा उल्लेख छ ।चुनाव बहिष्कार अभियानलाई सफल पार्न सम्पूर्ण देशभक्त, गणतन्त्रवादी र वामपन्थी शक्तिसित मिलेर संयुक्त आन्दोलनलाई तीव्र पार्ने पनि अध्यक्ष वैद्यको प्रस्तावमा उल्लेख भएको भुसालले बताउनुभयो ।
वैद्यको राजनीतिक प्रतिवेदनमा वर्तमान राजनीतिक स्थितिको विश्लेषण गरिएको छ । जसमा देशभित्रका दलाल राजनीतिक शक्ति र वैदेशिक प्रतिक्रियावादी शक्तिको पहलमा अलोकतान्त्रिक ढंगले निर्माण भएको निर्दलीय सरकारको नेतृत्वमा घोषणा गरेको संविधान सभाको निर्वाचन केवल नौटंकी भएको र त्यसबाट जनताको संविधान बन्न नसक्ने निष्कर्षसमेत निकालिएको छ ।अध्यक्ष वैद्यको प्रतिवेदनमा सर्वपक्षीय गोलमेच सभा, दलीय सहमतिमा राष्ट्रिय संयुक्त सरकारको गठन र त्यसैबाट अग्रगामी राजनीतिक निकास निकाल्ने आफ्नो पुरानो लाइनप्रति प्रतिवद्धता दोहोर्याइएको छ ।
पोखरामा शनिबारबाट शुरु भएको पार्टीको दोस्रो केन्द्रीय कमिटी बैठकमा महासचिव बादलले संगठन र संघर्षसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको र ती प्रस्तावहरुको समर्थनमा उपाध्यक्ष सीपी गजुरेल तथा सचिवद्वय देव गुरुङ र विप्लवले आफ्ना धारणा राखेको माओवादीले जनाएको छ ।आइतबार बिहान ८ बजेबाट वैद्य र वादलका प्रस्तावमाथि केन्द्रीय सदस्य र सल्लाहकारहरुले आफ्ना धारणा राख्ने जनाइएको छ ।onlinekhabar