नेपाली युवतीले कोरियामा झुण्डिएर आत्माहत्या गरिन्

१७ जेठ,सोलु। दक्षिण कोरियामा एक नेपाली युवतीले झूण्डिएर आत्महत्या गरेकी छिन्। यसरी झूण्डिएर ज्यान फाल्ने महिला धादिङकी २५ वर्षिय गौरी तामाङ भएको सोलमा रहेको नेपाली दुतावासले जनाएको छ ।


उनि कोरियाली नागरिकसंग विवाह गरि सन २०१२ को अगष्टमा दक्षिण कोरिया आएकी थिइन्। बिहानै काममा गएर दिउसो घर आउँदा श्रीमतीलाई कोठामा झुन्डिएको अवस्थामा फेला पारेपेछी उनका कोरियाली श्रीमानले प्रहरीलाई खबर गरेका थिए ।त्यो भन्दा अघिल्लो दिन उनिहरु संगै सुतेका थिए ।

हाल तामाङको पोस्टमार्टम भइरहेको छ भने उनको नेपालको परिवारलाई खवर जानकारी गराइएको दुतावासले जनाएको छ