श्रीमतिले काटिइन् आफ्नै श्रीमानको लिङ्ग

अमेरिकाको क्यालिफोर्नियाकी ४८ वषर्ीया श्रीमतीले चक्कुले काटिदिइन् श्रीमान्को लिंग
क्यालिफोर्निया/ अमेरिकाको क्यालिफोर्नियाकी एक महिलाले श्रीमान्को लिंग काटिदिएकी छिन् ।


नशालु वस्तु हालेको खानेकुरा दिएर लठ्ठ बनाएपछि ती महिलाले चक्कुले श्रीमान्को लिंग काटिदिएकी हुन् । काटिएको लिंगलाई फोहोर फाल्ने बाल्टीमा फ्याँकेपछि ४८ वषर्ीया क्याथरिन किया बेकरले प्रहरीलाई फोन गरिन् ।

श्रीमान्को लिंग काट्ने महिलालाई प्रहरीले मंगलबार राति पक्राउ गरेको छ । श्रीमान्लाई खाटमा बाँधेर उनले लिंग काटेकी हुन् । ‘नराम्रो बानी भएका श्रीमान्लाई सजाय दिन लिंग काटिनुपर्ने भएकाले नै यसो गरिएको हो,’ किया बताउँछिन् । घटनास्थलमा प्रहरी पुग्दा श्रीमान्को काटिएको लिंगबाट रगत बगिरहेको थियो ।

खानेकुरामा केही खराबी भएको आशंका गर्दै आराम गर्न बसेपछि बेहोस भएको ५१ वर्षे श्रीमान्ले बताएका छन् । होस खुल्दा श्रीमतीले भित्री लुगा फुकालेर चक्कुले लिंग काटिदिएको प्रहरीले बताएको छ । प्रहरीले पीडित श्रीमान्को नाम खुलाएको छैन । लिंग काटिएका श्रीमान्लाई प्रहरीले तत्काल अस्पताल पुर्‍याएको थियो । अस्पतालमा उनको इमरजेन्सी अपरेसन भएको छ ।

अहिले उनको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको पनि प्रहरीले बताएको छ । केही समययता यी श्रीमान/श्रीमतीको सम्बन्ध नराम्रो भएको प्रहरीले बताएको छ । सँगै बसे पनि उनीहरू सम्बन्धविच्छेदको तयारी गर्दै गरेको प्रहरीले बताएको छ ।