के छापियो शुक्रबारका दैनिक पत्रिकामा ?

आज मिति २०६९ साल चैत महिनाको ९ गते शुक्रबार । आज काठमाडौंबाट प्रकाशित सबैजसो दैनिक पत्रिकाले लामो समयदेखि रिक्त रहेको निर्बाचन आयोगले पूर्णता पाउने भएको छ । संबैधानिक परिषद्को बिहीबार बसेको बैठकले निर्बाचन आयोगमा प्रमुख आयुक्तसहित अन्य आयुक्त नियुक्तिको लागि राष्ट्रिपतिसमक्ष सिफारिस गरेको समाचारलाई प्राथमिकताकासाथ छापेका छन् । यस्तै नेकपा-माओबादीले यथास्थितिमा निर्बाचन बहिस्कार गर्ने निर्णय गरेको समाचारलाई पनि आजका दैनिक पत्रिकाले प्राथमिकताकासाथ छापेका छन् ।