७ चैत, काठमाण्डौं । अमानवीय तरिकाले रोजगारमा लागइएका ६ नेपाली महिला कामदारको जोर्डनमा उद्धार गरिएको छ । जोर्डनको समाचार संस्था अल्बावाबाले ती नेपाली महिला कामदारको केही सातायता उद्धार गरिएको जनाएको छ । पीडित महिलाले नेपालमा रहेका आफन्तसँग फोन सम्पर्क गरी आफ्नो स्थितिका बारेमा बताएपछि उनीहरुको उद्धार गरिएको हो ।
समाचार संस्थाले ती महिलाको नाम तथा ठेगाना भने समाचारमा उल्लेख नगरेको नागरिक दैनिकमा खबर छ । उद्धार गरिएका महिला कामदार क्राफ्ट इस्ट नामक औद्योगिक कम्पनीमा कार्यरत थिए । जोर्डनको मानवअधिकारवादी संस्था तामकिनमा महिला कामदारलाई उक्त कम्पनीले अमानवीय तरीकाले काममा लगाएको उजुरी परेपछि संस्थाले उनीहरुको उद्धार गरेको हो ।
नेपालीलाई आन्दोलन नगर्न आग्रह मलेसियामा रोजगारदाता कम्पनी र आप्रवासी कामदारबीच तनाब बढेपछि त्यहाँ स्थित नेपाली दूतावासले नेपालीलाई आन्दोलनमा सहभागी नहुन आग्रह गरेको छ । मलेसियामा कार्यरत नेपाली कामदारलाई सम्बोधन गर्न जारी गरिएको विज्ञप्तिमा कुनै समस्या परे तत्काल दूतावासमा सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।
जोर्डनबाट नेपाली महिलाको उद्धार