मुम्वइमा बस खोलामा खस्दा ३७ को मृत्यु, १५ घाइते
६ चैत,मुम्बइ। भारतको मुम्वइमा भएको बस दुर्घटनामा परि कम्तिमा ३७ जनाको ज्यान गएको छ भने १५ जना भन्दा बढि घाइते भएका छन्।
रत्नागिरि जिल्लाको एक नदिमा मंगलवार विहानै एउटा बस खसेको हो। बिहान पौने चार बजे जुगाडी नदिमा बस खसेको प्रहरीले जनाएको छ।
गोवा मुम्वइ हाइवेमा भएको उक्त दुर्घटनमा चालकले बस माथि नियन्त्रण गुमाएपछि भएको थियो। बसमा धेरै पर्यटक रहेको बताइएको छ। हालसम्म एक रसियन नागरिकको उद्दार गरिएको छ।घट्नाको पुर्ण विवरण आउन अझैं बाँकी छ।



विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं