चिन्नुहुन्छ को हुन् यी कलाकार ?

मुम्बई, चैत ८ (एजेन्सी) - माथि तस्बिरमा देखिएकी महिलालाई चिन्नुहुन्छ ? बलिउडका एक प्रख्यात नायकको रुप हो यो। उनी हुन् आमिर खान। एउटा विज्ञापनका लागि उनले यो रुप धारण गरेका हुन्।



मेक अप म्यान मिकी कन्ट्रयाक्टरले उनलाई यो रुप दिएका हुन्। त्यसो त उनी महिला बनेको यो पहिलो पटक भने हैन। यसअघि कोकाकोलाको विज्ञापनमा पनि उनी महिला बनिसकेका थिए। त्यसैगरी २००८ मा टाटा स्काइको एउटा विज्ञापनमा उनको महिला रुपलाई पनि धेरैले मन पराएका थिए। त्यस्तै बाजी फिल्ममा उनले महिला लुगा लगाई एउटा आइटम डान्स पनि गरेका थिए।