ढुंगाले च्यापिएर कक्षा ९ मा पढ्ने छात्रको मृत्यु

पाल्पा, चैत ८- पाल्पा बौघापोखराथोक गाविस आमडाँडाका १६ वर्षीय विष्णुप्रसाद घिमिरेको ढुंगाले च्यापिएर मृत्यु भएको छ। जिवलाल घिमिरे र लक्ष्मी घिमेरे दम्पतीका माइला छोरा घिमिरेको आज दिउसो खसेको ढुंगाले च्यापिएर मृत्यु भएको हो। उनी तानसेनस्थित जनता उच्च माविमा ९ कक्षामा पढ्ने छात्र हुन्। पाल्पाको खानीगाउँ-७ मा सञ्चालित तातोपानी खानेपानी अयोजनाका लागि ट्याङ्की बनाउन जग्गा खन्ने क्रममा माथिबाट खसेको ढुंगाले च्यापिएर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनी आयोजनामै लेवर काम गर्दै आएका थिए। पाल्पा खानीगाउँ, चपपानी र बराङ्दीका लागि लिफ्टबाट पानी तान्ने योजना अन्तर्गत निर्माणको काम चल्दै आएको थियो।


 भिडियो हेर्न तल क्लिक गर्नुहोला