डिजेलको सट्टा पेट्रोल हालेपछि ओबामाको कार इजरायलमा बिग्रियो

अमेरिकी राष्ट्रपति बाराक ओबामाको इजरायलको भ्रमणका क्रममा लज्जास्पद घटना भएको छ । ओबामा चढेको बख्तरबन्द लिमोजिन कार होटलबाट विमानस्थलतर्फ जाने क्रममा बाटैमा बिग्रिएको हो ।

बिशेष सुबिधा र सुरक्षायुक्त यो कार बिग्रिएपछि ओबामाले अर्को कार प्रयोग गर्नुपरेको छ । गाडी बाटैमा बिग्रिएपछि ट्रकमा राखेर मर्मतका लागि लगिएको थियो ।


चालकले डिजेलको सट्टा पेट्रोल प्रयोग गर्दा समस्या आएको बताइएको छ । स्थानीय समाचार एजेन्सीहरुका अनुसार १८ फुट लामो लिमोजिनमा साढे ६ लिटर डिजेल भएको अवस्थामा पेट्रोल हालेपछि गाडी नचलेको हो ।

ओबामा आफ्नो पहिलो इजरायल भ्रमणका क्रममा स्थानीय समय अनुसार बुधबार अपराह्न तेल अभिभ पुग्नु भएको थियो । अमेरिकी सेक्रेट सर्भिसले पनि ओबामाको सवारीमा समस्या आएको स्वीकार गरेको छ । उद्यपी ड्राइभरले डिजेलबाट चल्ने गाडीमा पेट्रोल प्रयोग गरेको बारे केही बताएको छैन ।


ओबामा जुन जुन मुलुकको भ्रमणमा गएपनि यो कारलाई सँगै लगिन्छ । राष्ट्रपतिको सुरक्षा हेर्ने सिक्रेट सर्भिसले ओबामा पुग्नुअघि नै यो कारलाई सम्बन्धित मुलुकमा पु¥याइसकेको हुन्छ । सुरक्षाका लागि बिशेष हतियार जडित यो कारबाटै ओबामाले उपराष्ट्रपति र पेन्टागनमा सिधै कुरा गर्न सक्छन । यसअघि अघिल्लो बर्ष अफगानिस्तान भ्रमणका बेला पनि ओबामाको कारले ब्रेकर पार गर्न नसक्दा रोकिनुपरेको थियो ।