सोमबारबाट सातामा १२ घण्टा लोडसेडिङ घट्ने (तालिकासहित)

२६ फागुन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भोलि सोमबारबाट लोडसेडिङ घटाएको छ । चैत १ गतेबाट सुरु हुने एसएलसी परीक्षालाई लक्षित गरी सातामा १२ घण्टा घटाइएको प्राधिकरणले जनाएको छ । नयाँ तालिका अनुसार सोमवारदेखि दैनिक १० घण्टाका दरले हप्तामा ७० घण्टा लोसेडिङ हुने छ । यसअघि हप्ताको ८२ घण्टा लोडसेडिङ्ग हुँदै आएको थियो ।

नदीमा पानीको जलस्तर घट्ने क्रममा रहे पनि तापिय विद्युत सञ्चालन, भारतबाट विद्युत आयत, काली गण्डकी ए जल विद्युत केन्द्रको मर्मतलगायतका कारणले लोडसेडिङ घटाउन सकिएको प्राधिकरणले जनाएको छ ।