खोकीको झोल औषधिले १३ दुव्र्यसनीको मृत्यु
पाकिस्तानको एक प्रमुख शहरमा विषाक्त आशंका गरिएको खोकीको झोल औषधि पिउने १३ जनाको मृत्यु भएको प्रहरीले सोमबार जानकारी दिएका छन्।
मृत्यु हुनेहरू सबै लागूपदार्थ दुव्र्यसनी भएको र तिनीहरू नसा लिनका लागि उक्त कफसिरप पिएको प्रहरी मुल्तान खानले बताए। तिनीहरूको मृत्यु पूर्वी शहर लाहोरको विभिन्न अस्पतालमा विगत तीन दिनभित्र भएको खानले बताए। उक्त औषधि खाने अन्य पाँच जना दुव्र्यसनीको उपचार भइरहेको उनले जानकारी दिए। प्रहरीले ती औषधि बिक्री गरेका तीनवटा औषधि पसलका मालिकहरूलाई गरिएको र औषधि विशाक्त छ वा छैन भनेर निक्र्यौल गर्न परीक्षणका लागि नमुना पठाइएको खानले बताए।