अनुदानको चामल बजार मूल्य भन्दा महँगो !
६ चैत, सोलुखुम्बु । सरकारले दुर्गम क्षेत्रका बासिन्दाले महँगो मूल्यमा खाद्यान्न उपभोग गर्न नपरोस भनेर सहुलियत दरमा चामल बिक्री गर्न थालेपनि त्यो चामल बजार मूल्य भन्दा प्रतिकिलो रु चार बढी पर्न गएकोछ । सोलुखुम्बुको सदरमुकाममा खाद्य संस्थानले बिक्री गर्ने अनुदानसहितको सो चामल सल्लेरी बजारमा व्यापारीहरुले बिक्री गर्ने चामल भन्दा प्रतिकिलो ४ रुपैयाँ महँगो भएको उपभोक्ताले बताएका छन् । खाद्य संस्थानले अहिले सल्लेरी डिपोबाट प्रतिकिलो ३८ रुपैयाँमा चामल बिक्री गरिरहेको छ । तर समान गुणस्तरको चामल बजारमा प्रतिकिलो ३४ रुपैयाँमा बिक्री भइरहेको छ ।

बजारमा भन्दा महँगो भएकै कारण सल्लेरी डिपोबाट गत वर्ष नै बेचिसक्नुपर्ने एक हजार क्विन्टल भन्दा बढी चामल अझै गोदाममै थन्किएको छ । “पुरानो बिक्री नभएको कारण नयाँ ल्याउन सकिएको छैन, नयाँ ल्याएर पनि के गर्नु बिक्री हुँदैन होला ?” -खाद्य संस्थान सल्लेरीका प्रमुख गङ्गाप्रसाद शाहले भन्नुभयो । बजारमूल्य भन्दा खाद्य संस्थानको चामल महँगो भएको शाहले पनि स्वीकार्नुभयो । “महँगो त भएकै हो तर हामीले मूल्य समायोजन गर्न मिल्दैन, केन्द्रमा भनेका छौं, सायद समायोजन हुन्छ होला” उहाँको भन्नुभयो ।
सदरमुकामसम्म सडक यातायात सञ्चालन नहुँदा खाद्य संस्थानको चामल भन्दा बजार मूल्य झण्डै दोब्वर हुन्थ्यो । त्यतिबेला पाँच केजी चामल लिनका लागि खाद्य संस्थानमा लाइन बस्नुपथ्र्यो ।”पहिले त एक बोरा चामल मिलाइदिनु भनेर नेताहरुलाई भन्नुपथ्र्यो अहिले त बजारको भन्दा महँगो पो भएछ”-सल्लेरीमा व्यवसाय गर्नुहुने लक्ष्मी राईले भन्नुभयो । सडक यातायात सञ्चालन भएपछि सल्लेरीमा खाद्यान्न निकै सस्तो भएको छ । “अहिले त जाँड पकाउन र रोटी पकाउन पनि बजारकै चामल किन्छौं”-एक होटल व्यवसायीले भने ।बजार मूल्य भन्दा सस्तोमा चामल दिनुपर्ने वा अनुदान भनेर राज्य कोषको खर्च गरिरहन नहुँने यहाँका बासिन्दाको माग छ । अहिले पनि जिल्लाको सोताङ तथा लुक्ला डिपोमा खाद्य संस्थानको भन्दा बजार मूल्य बढी भएकोले बरु संस्थानले ति क्षेत्रमा चामल बिक्री गर्नुपर्ने त्यहाँका बासिन्दाहरुको माग छ । रासस